सभामुख महरा चैत २ गते दाङ आउने

२०७५ फाल्गुन २९, बुधबार १९:४४ मा प्रकाशित

घोराही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा आगामी चैत २ गते दाङ आउने भएका छन् ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठानले घोराहीमा आयोजना गर्न थालेको मगर सास्कृति भेषभुषा प्रतियोगिताको उद्घाटन समारोहमा सहभागि हुन महरा दाङ आउन थालेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले चेतना अनलाइनलाई जानकारी दिए । । मल्लका अनुसार महरा चैत ३ गते काठमाडौं फर्कने छन् ।

SPONSORED

महरा प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि कुनै पनि महिना गृह जिल्ला दाङ आउन छाडेका छैनन् । उनले दाङ आएको अवसरमा विभिन्न गाउँमा गएर जनताका गुनासा सुन्ने गरेका छन् ।

यसैबीच मगर भाषा साहित्य तथा सस्कृति प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले घोराही स्थित गणेश चित्रालय मन्दिरमा हुन थालेको कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

SPONSORED