तुलसीपुरमा नेविसंघको मसाल जुलुस

२०७५ माघ १७, बिहीबार २०:५० मा प्रकाशित

दाङ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले दाङको तुलसीपुरमा सरकारको विरोधमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ ।

डा. गोविन्द केसीको माग सम्वोधन हुनु पर्ने, चिकित्सा शिक्षा विधेयक खारेज गरी केसीसँगको गरेको सहमति पालन गर्नुपर्ने, निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै सरकारविरुद्ध चर्का नारा लगाउँदै संघले दाङको तुलसीपुरमा मसाल जुलुस निकालेको हो ।
सरकार र प्रधानमन्त्री विरुद्ध चर्का नारा लगाउँदै बजार परिक्रम गरेका थिए । विद्यार्थीले बालेको मसाल जुलुस प्रहरीले खोसेर निभाउने प्रयास समेत गरेको थियो ।