थारु संस्कृतिको संरक्षणका लाग्न प्रदेश सभाषद डागीको युवाहरुलाई आग्रह

२०७५ पुष २५, बुधबार १९:२९ मा प्रकाशित

सौडियारमा माघी महोत्सव

विमल योगी

दाङ,२५ माघ । प्रदेश नम्वर ५ का सांसद अमरबहादुर डागीले थारु संस्कृतिको संरक्षणका लागि युवाहरु जागरुप हुनुपर्ने बताउनुभएको छ ।

घोराही उप महानगरपालिका वडा नम्वर ७ ले आज बुधवार सौडियारमा आयोजना गरेको माघी महोत्सव कार्यक्रममा बोल्दै डाँगीले अहिले थारु समुदायमा परम्परागत संस्कृति क्रमशः हराउदै गएको भन्दै त्यसको बिकास र संरक्षणका लागी थारु युवाहरुले पहल थाल्नुपर्ने बताउनुभएको हो । थारु संस्कृतिको रुपमा भूयार र मतहवा प्रथाको अहिले पनि महत्व रहेको भन्दै उहाँले ती संस्थाको संरक्षण र परिस्कृत गराउनका लागि प्रदेश सरकारले बिषेश योजना बनाई रहेको बताउनुभयो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका डागीले माघी पर्वले संस्कृति जर्गेना संगै नयाँ कामको योजना समेत बनाउने भएकाले यसको बिशेष महत्व रहेको धारणा राख्नुभयो । वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको महोत्सवमा नृत्य प्रतियोगिता समेत भएको थियो ।

प्रतियोगितामा सिसहनिया टोल बिकास संस्थाको समुह प्रथम,डवरगाँउ टोलको समुह द्धितिय,जवरपुर टोल बिकास संस्थाको समुह तृतिय तथा हनरिया र कनरियाको समुहले सान्त्वना स्थान हासिल गरेको थियो । कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष बिष्णुमणी दाहाल,नेकपाका नेता बिरबहादुर चौधरी,बुद्धिप्रकाश चौधरी,नेपाली कांग्रेस सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकी,मावि सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौमत,मतहवा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी,जेष्ठ नागरिक समाजका अम्मरराज डागी,जागृति महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिरा योगी,बुद्धिजिवि सेनराज शाह,भुपबहादुर शाह लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सजहीकरण वडा कार्यालयका सामाजिक परिचालक बिमल योगी र प्रमिता चौधरीले गर्नुभएको थियो ।