महायज्ञको सल्लाहकार समितिको बैठक

२०७५ पुष २५, बुधबार १९:१८ मा प्रकाशित

घोराही, २५ पुस । प्रदेश नं पाँचका सभासद अर्जुन कुमार श्रेष्ठले वराह क्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको भौतिक पुर्वाधार विकास तथा प्राविधिक शिक्षाल स्थापना गर्नको लागि सबैले सहयोग गर्नु पर्ने वताएका छन् ।

महायज्ञ सल्लाहकार समितिको बैठककप्रमुख अतीथि श्रेष्ठले ढिलै भएपनि विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्ने आएको योजनालाई सबैले सहयोग गर्नु पर्ने वताएका हुन् । ग्रामिन क्षेत्रको सामुदायिक विद्यालयलाई शैक्षिक स्तर वढाउन र प्राविधिक शिक्षा स्थापना गर्न तन, मन र धन लगाएर सबै अगाडी वढनु पर्ने वताएका थिए । विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्नको लागि आफुले सहयोग गर्ने वताएका थिए । बैठकमा वडा नं १५ का वडा अध्यक्ष रमेश पाण्डेयले महायज्ञ सफल वनाउनको लागि हरेक तहवाट सहयोग गर्ने वताएका थिए । प्राविधिक शिक्षाको लागि संचालन गर्न लागिएको महायज्ञलाई सभ्य र खर्चरहित हुन सुझाव दिदै वडा नं. १५ ले कहाँ कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आफु संवेदनशिल भएको वताएका थिए । वडा नं. १३का वडा अध्क्षक्ष तथा महायज्ञ सल्लाहकार समितिका संयोजक रविलाल घर्ति मगरको अध्यक्ष एवम् प्रदेश नं पाँचका प्रदेश सभासद अर्जुन कुमार श्रेष्ठको प्रमुख आतीथ्य तथा वडा नं १५का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतीथ्यमा बैठक भएको हो ।

SPONSORED

वाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाँउ दाङको भौतिक पुर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यहि माघ तिन गते देखि ११ गते सम्म हुने ज्ञान महायज्ञको सभ्य भव्य रुपमा सम्पन्न गर्नको लाग सल्लाहकारहरुको बैठक वसेको थियो । बैठकमा महायज्ञका निर्देशक प्रा.डा अर्जुनकुमार वुढाथोकीले महायज्ञको वारेमा जानकारी गराएका थिए थिए भने विद्यालयका प्र अ वाल्मी केसीले महायज्ञ सफल वनाउन र आर्थिक सहयोग गरेर प्राविधिक शिक्षालय स्थापना गर्न सबैमा अनुरोध गरेकी थिईन् । बैठकमा रद्योग वाणिज्य संघका प्रदेश नं पाँचका उपाध्यक्ष हेमराज वञ्जाडेले सभ्य, अनुसासीत मितव्ययी गरेर अगाडी वढन् सुझाव दिएका थिए। महेन्द्र बहुमुखि क्याम्पसका निमित्त प्रमुख शुदर्सन रिजालले पुर्व शिक्षिक र विदार्थीहरु सक्रिय भएर लाग्ुन पर्ने वताएका थिए ।बैठकका महिला समाजसेवीहरु राधा आचार्य, दुर्पदा न्यौपाने, कशौधन समाजका अध्यक्ष विष्णुुकुमार गुप्ता, उद्योग वाणिज्य संघको पुर्व उपाध्यक्ष हुमाकान्त अधिकारी, व्यवस्थापन समितिका सदस्य कमानसिंह भारती, निजामति कर्मचराी संघका पुर्वअध्यक्ष गोविन्द पौडेल, ईन्जीनियर प्रदिप गिरी, महिला स्वास्थ्य स्वयम सेविकाकी संयोजक विना खनाल, लगाएतले महायज्ञ संचालनको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । बैठकमा सहभागिलाई महायज्ञ मुल आयोजक समितिकी संयोजक विमला योगीले धन्यवाद ज्ञापन गरेकी थिईन् भने बैठकको सहजिकरण महायज्ञ उपसमितिका संयोजक गोपाल भुषालले गरेका थिए ।