विद्यालयमा राजनीति गर्नु गलतः सांसद वली

२०७५ पुष २४, मंगलवार २१:२२ मा प्रकाशित

दिप्तीशिखा चौधरी,

दङ्गीशरण, २४ प्रदेश नम्वर ५का सांसद उत्तरकुमार वलीले बिद्यालय भित्र गतल मनासयले राजनीतिहरु सवै सामुदायिक विद्यालयको स्तर विग्रिएको बताएका छन । शैक्षिक सस्ंथामा चरम राजनीति भएकै कारणले सामुदायिक विद्यालयको स्थिती खस्किन पुगेको दावि गरे
दङ्गीशरण गाउँपालिका वडा न.६ मा रहेको सिद्ध पृथ्वी जनता क्याम्पसको १३ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । सांसद वलीले बिगतमा गरेका कमी कमजोरी आत्मसाथ र समिक्षा गरेर विद्यालयमा माथि गरिने राजनीति छोडिनुपर्ने बताए । उनले विद्यालयमा राजनीति गरेर कलिला बालबालिकाको भविष्य माथि राजनीति गर्न नहुने बताए ।
उनले भने – “हचुवाको भरमा बिद्यालय संचालन भईरहेको देखेर चिन्तीत छु, त्यसैले बिचारमा आबद्ध हुनैपर्छ । राजनीती गर्नुछ भने झण्डा पकडेर मैदानमा र्ओलीनुस् तर शिक्षा दिने र पाउँने ठाउँमा राजनीती गरेर आफनो र बिधार्थीको जीवन बर्बाद नपार्नुस् ।”

सो अबसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बिधालयको भौतीक पूर्वाधार विकासका लागि स्थानीय तहबाट गर्नसक्ने सहयोग लाई निरन्तरता दिने बताएका छन् । उनले बहसलाई नभएर कामलाई अगाडि बढाउनुपर्ने समय भएको भन्दै दङ्गीशरणका सामुदायीक बिधालयलाई माथी उकास्न स्थानीय तहले प्रबिधीक तथा आर्थीक रुपमा गर्नुपर्ने पहल कदमीलाई नरोक्ने बताए ।
कार्यक्रममा सांसद धमकली चौधरी, गाउँपालीकाका उपाध्यक्ष पिमा कुमारी खड्का, निमिक्त प्रद्यानाध्यापक श्रीधर शर्मा , सस्थापक अध्यक्ष धर्मनाथ यौगी लगाएतले बोलेका थिए ।

क्यामपस संचालक समितीका सयोंजक विनोद कुमार राणा को अध्यक्षता एंव सांसद उत्तर कुमार वली को प्रमूख आतीथ्यता तथा सासंद धमकली चौधरीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम भएको थियोे । तदर्थ समितीका सदस्य पिमलाल वली को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण क्याम्पस प्रमूख गुरु प्रशाद गौतमले गरेका थिए ।
साथै साधारण सभा पछि भएको बन्द शत्रबाट क्याम्पसको बिकाश तथा संचालनका लागि विनोद कुमार राणाको अध्यक्षतामा १५ सदस्यीय संचालक समिती गठन गरेको छ । जसको उपाध्यक्षमा बीरबहादुर वली, कोषाध्यक्षमा महेश थापा रहेका छन ।