लमहीको क्रिकेट मैदानको स्तरउन्नति वारे दिए सभामुख महराले आश्वासन

२०७५ मंसिर २०, बिहीबार १९:१७ मा प्रकाशित

घोराही, मंसिर २० । कार्यक्रमको शिलशिलामा देउखुरी पुगेका सभामुख कृष्णबहादुर महराले लमहीको क्रीकेट मैदानको स्तरउन्नतीको वारेमा आफुले पहल गर्ने आश्वासन दिएका छन् ।

उनले चुनावकै वेला घोराहीको भरतपुर मैदान खेललाई स्तरोन्नती गर्ने भनेर वताएपछि आफ्नो निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमवाट एक रुपैया छुट्याएनन् । सभामुख महराले लमहीका मेयर कुलबहादुर केसि , देउखुरी क्रीकेट क्लवका अध्यक्ष र स्थानियहरुसंग विहिवार कुरा गर्दै लमहीको क्रीकेट मैदानको स्तरउन्नतीका लागि केन्द्रमा पहल गर्ने आश्वस्त पारेका हुन् । लामो समयदेखी त्यहाको क्रीकेट मैदानको स्तरउन्नती गर्ने कुरा उठेपनि त्यसले बजेट अभावमा गति लिन सकेको छैन् । महराले आवश्यक बजेटको प्रवन्ध गरीदिने भनेर आश्वासन दिएर फर्किएका छन् ।