घोराही । शुक्रवार दाङको क्षेत्र नं ३ मा पार्टी एकिकरण भएपछिको पहिलो शुभकामना आदानप्रदान कार्यक्रम खैरेनीमा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टिका नेता, कार्यकर्ता, स्थानिय तहका जनप्रतिनिधि, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यहरुले एक आपसमा शुभकामना आदानप्रदान गरे । राष्ट्रिय सभा सदस्य कोमल वलि, प्रदेश सभा सदस्य उत्तरकुमार वलि, प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, नेकपा दाङका नेता लक्ष्मण आचार्य, पार्टिका नेता शोभाराम बस्नेत, नेकपा दाङका नेता टिकाराम खड्का, हुकुम बस्नेतको सहभागिता रहेको थियो ।

पार्टीका सबै नेता कार्यकर्ता संगको भेटमा संघीय संसदले खेलिरहेको भुमिका सरकारको निति, सरकारले गरिरहेका काम कारबाहीका बारेमा आफ्नो विचार राखेका थिए ।