ब्रह्मकुमारी विश्वविद्यालयको दर्शन र ज्ञानले मानवलाई आत्म विश्वास बनाउछ– सांसद कोमल वलि

२०७५ कार्तिक १५, बिहीबार २२:४१ मा प्रकाशित

शरद रेग्मी,तुलसिपुर
१५ कार्तिक/ राष्ट्रिय सभासदस्य कोमल वलीले परम्परागत धार्मीक मान्यतामाथि राज्य उदार बन्नुपर्ने बताएकि छन । दिपावली,छठ र नेपाल संम्बत्को अवसरमा बह्माकुमारी राजयोग ईश्वरीय बिश्वबिद्यालय तुलसीपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वलीले राज्यका संयन्तहरु अनुदार बन्न नहुनेमा जोड दिएकि छन । परम्परागत संस्कृती,रितीथिती,सामाजिक मुल्य मान्यता र चालचलनलाई नियाल्नु पर्नेमा उनको सुझाब छ ।

समुदायमा आ-आफ्नै तरिकाले चाडपर्व मनाउने,रमाईलो गर्ने,खानेपिन र खेल्ने प्रचलन छ, त्यसकारण ब्यबसायीक तथा पेशागत रुपमा जुवा खेल्न दिन हुदैन,उहाको भनाई छ । समुदाय र परिवारलाई प्रभाव पार्ने गरि मदिरा सेवन गर्न दिन हुदैन तर रमाईलोका लागि भने परिवार भित्र सुरक्षाकर्मीबाट हस्तेक्षप गर्नुपनि राम्रो होईन,राष्ट्रिय सभा सदस्य वलीले बताईन ।

SPONSORED

उनले छोरीमाथिको हिंसा रोक्न छोराहरु असल हुनुपर्ने बताएकि छन । छोराहरुको आचरण र ब्यबहार राम्रो भए छोरीहरु समाजमा हिंसा पीडित हुनु नपर्ने बिचार राखेकी छन  ।५ नम्वर प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले समुदायमा प्रहरीमाथि कहिले काहि प्रश्न उठ्ने गरेको बताएका छन  । त्यसका लागि नागरिकहरुले निगरानि प्रहरी माथि पनि राख्नु पर्ने सुझाब दिएका छन । अव कुनैपनि तहको प्रहरीले त्यस किसीमको आचरण ब्यबहार गरे ठाँउको ठाँउबाटै गलत कुरा औल्याईदिन उनले आग्रह गरेकी छन । नागरिकहरुले नराम्रोबाट राम्रो र हिंसाबाट अहिंसा तर्फ लागे मुलुकमा शान्ति र सम्बृद्धि हुने डिआईजी अधिकारीले बताएका छन ।

ब्रह्माकुमारी बिश्वबिद्यालयका तुलसीपुरका प्रमुख गिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य,डिभिजन वन कार्यालय घोराहीका प्रमुख शिव सापकोटा र डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ता,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकास सापकोटा,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब एबम पत्रकार सुशील बस्नेत लगायतले मन शान्ति भए ब्यक्तिमा शान्ति हुने,ब्यक्ति शान्ति हुन सके समाज शान्ति हुने बताएकि छन।

आध्यात्मीक र बिज्ञानको महाबिद्यालय ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालयको गतिबिधिको बारेमा चर्चा गरिएको थियो । सो अवसरमा स्वागत मन्तब्य अनीता र सञ्चालन शिवलालले गरेका थिए ।

SPONSORED