शिबराज पन्थी,गढवा
१० कार्तिक/  शुक्रवार गढवामा आयोजना गरिएको गाउँपालिका स्तरीय महिला संजालको कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद कोमल वलीले महिलाहरुको समस्या प्रति शसक्त ढंगले आफू अगाडी बढ्ने बताएकि छन । आफुले आफ्नो निकायमा महिलाहरुको समस्याबारे डटेर कुरा राख्ने भन्दै पुरुषले जस्तै जिम्वेवारी बोध गरेर महिलाहरु निर्धक्कका साथ अगाडी आउन आव्हान गरेकी छन ।

नारी एक शौन्दर्य र साधनाका बस्तु मात्र नभएर संसारको सृष्टी थाम्ने जननी हुन् भन्दै नयाँ संविधानको अवधाराणाले स्थानीय तहमा ४७ प्रतिशत महिलाहरुको प्रतिनिधीत्व गराउन सफल भएको उनले बताईन । महिलाहरु निर्वाध रुपले अगाडी बढ्न आफुले शिक्षा हाँसील गरेर शसक्त प्रतिवाद गर्नसक्ने क्षमताको बिकास गर्न जरुरी रहेकोले घरधन्दा त्यागेर सामाजिक नेतृत्वमा आउनुपर्ने बताएकि छन ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका सांसद शारदा स्वर्णाकारले आफुले विगतमा टूलो त्यागर संघर्ष गरेर मात्र निति निर्माण तहमा पुगेको भन्दै आफू त्यहाँ रहँदा सम्म नेपाली महिलाहरुको पक्षमा सदा वकालत गर्ने बताएकि छन । प्रतिनिधी सभाका अर्का सांसद बिष्णु पौडेलले महिलाहरु अगाडी बढ्न आफूलाई समयानूकुल परिवर्तन गर्न सक्नु पर्ने बताएकि छन ।

गढवा गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजनामा संजालका अध्यक्ष मधा न्यौपानेको अध्यक्षता र राष्ट्रिय सभाका सांसद कोमल वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, जनप्रतिनिधी कमला परियार, महिला अधिकारकर्मि तथा महिला नेतृ मिना गुरुङ, चेतनशिल महिला सामाज केन्द्रका अध्यक्ष सकुन्तला डि.सी. र देउखुरी साहित्य मञ्चका उपाध्यक्ष राधा गौतम लगायतले बोलेका थिए । महिला सञ्जालका कोषाध्यक्ष बसन्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सञ्जालका सचिव मिना गुरुङले थियो ।