घोराही, असोज ३० । गएको प्रतिनिधि सभा सदस्यको चुनावमा कृष्णबहादुर महरालाई एउटा आरोप लाग्यो ।

उनि रोल्पाका हुन्, दाङको होइनन् भनेर । त्यो कुरा प्रतिपक्ष काग्रेसले पनि चुनावि नारा नै वनायो । ततर, चुनावमा महराले आफु दाङकै भएको पुष्ट्रि गर्न चाहन्थे । उनका घर परीवारका मानिस भने अहिले दाङ बस्छन् ।

महराको जन्मथलो रोल्पा भएकाले उनिमाथि रोल्पाको ट्याग लाग्नु स्वाभाविक नै हो । महरा यस अगाडि दाङमा २०६४ सालमा निर्वाचीत भएर जनप्रतिनिधि भएका थिए । त्यसपछि उनि अर्कोपटक चुनाव लड्न रोल्पा पुगे । रोल्पावाट चुनावमा जिते । चुनाव जितेर उनले महत्वपुर्ण मन्त्रालयको पनि नेतृत्व गरे । महरा उठ्ने ठाउमा अहिलेका उर्जामन्त्रि वर्षमान पुन अनन्तले दावि गरेपछि उनि पछि हटे । वर्षमानको सामु महरा टिक्न सकेनन् । वर्षमान त्यहावाट उठ्ने निधो गरेपछि महरा चुनाव लड्ने ठाउ खोज्दै यस अगाडि आफु लडेको ठाउ नै रोजे ।

चुनावमा उनले रोल्पालि र दङ्गालि चुनावि नारा पनि झेल्नुपर्यो । सञ्चारमाध्यममा पनि महरा रोल्पालि भएको कुरा आयो । महराले काग्रेसका प्रसिष्पर्धि राजु खनाललाई भारी मतले हराए र चुनाव जिते ।  तर, केही दिन अगाडि घोराहीमा आयोजित सभामुख महरा र प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले संयुक्तरुपमा गरेको चियापान कार्यक्रममा संयोग नै जुर्यो । मुख्यमन्त्रि पोख्रेलले महराको जन्मथलो रोल्पा भएको भन्दै दाङका प्रतिनिधित्व गरेको भनेर टिप्पणि पनि गरे । विगतको चुनावमा देखीएको चुनावि नाराकारुपमा आएको रोल्पालि महरालाई पोख्रेलले उनको रोल्पा जन्म थलो भएको भनेर सार्वजनिकरुपमा उच्चारण गरीदिए । पोख्रेल त्यतिमा मात्र अडिएनन् रोल्पा जन्म थलो, प्रतिनिधित्व दाङवाट गर्नुहुन्छ भनेर भनिदिए । जुन कार्यक्रममा काग्रेस, नेकपाका नेता, कार्यकर्ताको उलेख्य सहभागिता रहेको थियो । पोख्रेलले महरालाई शिर्ष नेताहरुमा पाँचौ स्थानमा आउने भन्दै सबै मिलेर दाङको मुहान फेर्न सकिने बताए ।