घोराही, असोज २८ ।  घोराहीमा सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले संयुक्त चियापन कार्यक्रम राखेका छन् । वडा दशैँ तथा शुभ दिपावलिको अवसरमा दाङका सम्पुर्ण निर्वाचित सांसदहरुको तर्फवाट सभामुख र मुख्यमन्त्रिले आइतवार दिउसो संयुक्त चियापान कार्यक्रम राखेका हुन् ।

कार्यक्रममा पत्रकार, नागरीक समाज, उद्योगी, ब्यवसायि सबैलाई निमन्त्रण गरीएको पनि बताईएको छ । सभामुख महरा दाङ क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यमा विजयि भएर सभामुख भएका छन् भने मुख्यमन्त्रि पोख्रेल दाङ २ क वाट प्रदेश सभा सदस्यमा विजयि भएर अहिले मुख्यमन्त्रि छन् । चियापान समारोहमा सभामुख र मुख्यमन्त्रिले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । चियापान कार्यक्रम दिउसो २ बजे होटल भिग्रेलिमा हुनेछ ।