सभामुख महराले सम्मान गरे पुर्व राज्यमन्त्रि डिल्ली चौधरीलाई

तुलसीपुर । पुर्व श्रम राज्यमन्त्रि तथा  प्रदेश ५ का सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरी आफ्नै गृह जिल्ला दाङमा सम्मानीत भएका छन्।

रिपोर्टस् क्लव दाङले शनिवार तुलसिपुरमा कार्यक्रम गरेर प्रदेश ५ का सांसद चौधरीलाई सम्मान गरेको हो । सार्वजनिक लेखा समितीको सभापतिमा चयन भएकोमा चौधरीलाई कार्यक्रमका प्रमुख अतिथि सभामुख कृष्णबहादुर महरा र विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य कोमल वलि, अनिता देवकोटा र कार्यक्रमको अध्यक्षता गर्नु भएका क्लवका अध्यक्ष शरद रेग्मिले संयुक्तरुपमा टिका, माला, खादा ओढाएर प्रमाणपत्रले सम्मान गरेका थिए । सांसद चौधरीलाई क्लवको ८ औं वार्षिकोत्सव समारोहमा सम्मान गरीएको थियो । चौधरीले रिपोर्टर्स क्लवले सम्मान गरेकोमा क्लव परीवारलाई धन्यवाद दिएका छन् । कार्यक्रममा वोल्दै सांसद चौधरीले सभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्रि शंकर पोख्रेलले चाहेको खण्डमा दाङ स्थायि राजधानि बन्ने बताएका छन् ।

उनले वामपन्थिको दुई तिहाई भएकाले दिलदेखी नै दाङलाई स्थायि राजधानि बनाउने इच्छा शक्ति भएमा त्यो सभामुख र मुख्यमन्त्रिवाट नै सम्भव रहेको बताए । दङ्गालि जनताले सभामुख र मुख्यमन्त्रिवाट ठुलो अपेक्षा गरेको भन्दै यो अवसरमा पनि उहाहरुले दाङलाई स्थायि राजधानि बनाउने पक्षमा दृढताका साथ वोल्ड निर्णय नगरेमा दङ्गालि जनताको भावनामाथि गम्भिर चोट पुग्नेसमेत चौधरीले बताए । उनले आफ्नो तर्फवाट सक्ने सबैखाले सहयोग गर्न तयार रहेको पनि बताए । प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति चौधरीले दुइ तिहाइ वहुमतको सरकार माओवादी केन्द्रले बनाएकाले प्रदेश नंवर ५ को राजधानी दाङलाइ बनाउ उसको प्रमुख भुमिका हुने समेत उल्लेख गरे ।