घोराही, २६ असोज ्र घोराही उपमहानगरपालिकाले नगर स्तरीय पर्यटन तथा संस्कृती प्रर्बद्धन समिति गठन गरेको छ । घोराही उपमहानगरपालिकाको पर्यटन तथा संस्कृती प्रर्बद्धन समितिको आयोजनामा शुक्रबार भएको छलफलबाट नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा उप प्रमुख सीता सिग्देल न्यौपाने, सदस्यहरुका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार, पर्यटन तथा संस्कृती प्रर्बद्धन समितिका शाखा संयोजक एवं १५ नम्बर वडाका अध्यक्ष रमेशकुमार पाण्डे रहनुभएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा दाङ जिल्ला उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, संस्कृतीका जानकार, पर्यटन सम्बन्धी लेख्ने पत्रकार, थारु तथा मगर संस्कृतीका जानकार लगाएतका क्षेत्रबाट प्रतिनिधित्व हुने प्रतिनिधीहरु रहनुभएको छ ।

आज गठन गरिएको समितिलाई नगर कार्यपालिका बैठकबाट अनुमोदन गर्ने र आबस्यक पर्ने निकाय तथा व्यक्तिहरुलाई समाबेश गरेर समितिलाई पूर्णता दिने निर्णय भएको छ । समितिले नगर क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको खोज, अध्ययन र प्रबद्र्धनका लागि योजना बनाउने छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले बिकासका एउटा आधार पर्यटन भएको बताउनुभयो । पर्यटकिय क्षेत्रबाट नगरलाई संबृद्ध बनाउन सकिने भन्दै अब सम्भावना भएका क्षेत्रहरुको पहिचान गरेर बिकास गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन क्षेत्रका जानकार डा। गोबिन्द आचार्यले जिल्लामा सबै भन्दा धेरै पर्यटकिय क्षेत्रहरु घोराही नगरमा रहेको बताउनुभयो । यसको एकीकृत विकासमा अब स्थानिय सरकारले पहिचान र सम्भाबनाका आधारमा कार्यक्रमहरु बनाउनु पर्ने आबस्यकता औल्याउनुभयो ।

त्यसैगरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले पर्यटकिय सम्भाबना भएका क्षेत्रलाई समितिले पहिचान गर्ने र एकीकृत बिकासमा ध्यान दिने बताउनुभयो । पर्यटनकै माध्यमबाट पनि विकास र संबृद्धी ल्याउन सकिने उहाँको भनाई छ । समितिका संयोजक रमेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख बालकृष्ण खनालले गर्नुभएको थियो ।