वाल मन्दिरको जग्गा जोगाउन सर्वदलिय÷सर्वपक्षिय निर्णयवाट मात्रै अघि बढ्छु–महरा

२०७५ आश्विन २४, बुधबार २३:३७ मा प्रकाशित

घोराही, असोज २४ । सभामुख कृष्णबहादुर महराले वालमन्दिरको जग्गा ब्यवस्थापन र संरक्षणका लागि सर्वदलिय÷सर्वपक्षिय बैठक बसेर निर्णय लिइने बताएका छन् ।

बुधवार घोराहीमा दुर्गा पुजाको उद्घाटन गर्दै सभामुख महराले वाल मन्दिर सबैको साझा सम्पत्ति भएकाले यहाँका सरोकारवाला बसेर गर्ने निर्णयलाई कार्यान्वयन गर्न आफुले केन्द्रमा पहल गर्ने आश्वासन दिए । उनले वडा दशै तथा शुभ दिपावलिले घटस्थापनाको दिनको अवसर पारेर घोराहीमा गरीएको दुर्गा पुजाले सबैमा शान्ति, सद्भावको विकास हुने बताए । उनले संविधानमै धर्म निरपेक्ष उल्लेख गरेकाले सबैले सबैका धर्मप्रति सम्मान ब्यक्त गर्नुपर्ने विचार ब्यक्त गरे ।

SPONSORED

कसौधन विरादरी सेवा समाज घोराहीको अगुवाईमा यसवर्ष पनि वडा दशैँको घटस्थापनाको दिन देखी दुर्गा पुजा सुरु भएको हो । सेवा समाजका अध्यक्ष विष्णु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा घोराही १५ का वडा सदस्य दिलिप डिसिले सभामुख महराको सामुन्नेमा हिन्दु राष्ट्रको माग गरेका थिए । संस्कार र सस्कृति कहील्यै भुल्न नहुने भन्दै नेताहरुले विश्वमै हिन्दु राष्ट्रकोरुपमा चिनिएको नेपाललाई धर्म निरपेक्ष जनचाहना विपरीत घोषणा गरेर गलत काम गरेको भन्दै यसलाई जनताले सच्याएरै छाड्ने दावि गरे । कार्यक्रममा पुर्वमन्त्रि तथा सांसद रेखा शर्मा, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगि, डा. लोकराज पराजुलि लगायतकाले वोलेका थिए ।

राजकुमार गुप्ताको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार शरद अधिकारीले गरेका थिए । सो अवसरमा दुर्गा पुजाका लागि स्थायिरुपमा जग्गा ब्यवस्थापन गरीदिन तथा वालमन्दिरको केही जग्गा उपलब्ध गराइदिनका लागि पहल गरीदिन माग गर्दै आयोजक संस्थाले सभामुख महरालाई ज्ञापन पत्र बुझाएका थिए ।

SPONSORED