तुलसीपुर,२२ असोज ।

दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको नेपालकै पहिलो बातावरणमैत्री सामुदायिक रेडियो प्रकृति एफ ९३.४ मेघाहर्ज आजबाट आठौ वर्ष पार गरि नवौ वर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा रेडियोले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना आठौ बार्षिक उत्सव मनाएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियोले पिछिडिएको आवाज लाई समेट्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभका सदस्य हिराचन्द्र केसीले रेडियोले समाज रुपान्तरणका लागी खेलेको भुमिकाको प्रसंसा गरेका थिए । सांसद केसीले सन्चार माध्यमले सत्य तथ्य समाचार प्रसारण गर्नुपर्ने बताएका थिए ।

सञ्चार माध्यमहरुलाई राज्यबाट हुनुपर्ने जति सुविधा नभएको सांसद केसीले बताएका थिए । साथै उनले पत्रकारहरुले राष्टको हित हुनेगरी कलम चलाउनु पर्ने जोड दिएका थिए । रेडियो सन्चालक समितिका अध्यक्ष खगेन्द्र पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा विशिष्ठ अतिथि तुलसीपुर उप महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले सञ्चारमाध्यमको दिगो विकासका लागि आफु प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले बन र बाताबरणको मुद्धामा रेडियोले खेलेको भुमिका अहम रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश नं पाँचका प्रहरी प्रमुख शेर बहादुर बस्नेत, सामुदायीक रेडियो प्रसारक संघ अकोर्यावका केन्द्यि सदस्य शुक्रराज भण्डारी,रेडक्रस दाङका सभापति नारायण आचार्य,नेकपाका नेता टिकाराम खड्का,नेपाली कांग्रेसका कृतिबहादुर खड्का, नागरीक समाजका टिका राम रेग्मी, लगायतले रेडियोले आगामि दिनमा समाज परिर्वतनको लागि भुमिका खेल्नुपर्ने बताएका थिए ।

यस्तै,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिन राज भण्डारी ,तुलसीपुर खानेपानी संस्थानका अध्यक्ष खेम राज वलीले वली, निजी अस्पताल एसोसिएनका केन्द्यि सदस्य हरी प्रसाद रिजाल,प्रेस युनीयन दाङका अध्यक्ष सुशील बस्नेतले आ आफ्नो धारणा राखेका थिए ।

रेडियो सन्चालक समितिका सदस्य अनारकली मियाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेडियोका कर्मचारीतर्फबाट समाचार सम्पादक बसन्त परियार,बजार व्यवस्थापक टिका भन्डारी,कार्यक्रम प्रस्तोता एचआर मगर, पुर्व कर्मचारीहरु सुधासमुन ढकाल, नोमस पुन, त्यसैगरी रीर्पोटस क्लवका अध्यक्ष शरद रेग्मी,बालरोग विशेषज्ञ डा.किशोर खत्रि,विज्ञापनदाता राप्ती लाईफ केयर हस्पिटल, चिरायु मेडिकल , ज्योति गहना पसल लगाएतलाई सम्मान गरीएको थियो । कार्यक्रमको सहजीकरण सन्चालक समितिका सदस्य संगित बस्यालले गरेका थिए ।