घोराही, १९ असोज  । तत्कालिन एमालेका एक निष्ठावान नेता भनेर चिनिएका स्वर्गीय घनश्याम बुढाथोकीको शुक्रवार छैठौ स्मृति दिवस मनाइएको छ । दाङको विकट मानिने साविकको सैघा गाविसमा दुइ पटकसम्म गाविस प्रमुखमा चुनाव दितिसकेका तथा तत्कालिन एमालेका जिल्ला कमिटीमा नेतृत्व गरेका नेता बुढाथोकीलाई शुक्रवार जिल्लाका नेकपाका नेता तथा उनका आफन्तहरुले सम्झिएका हुन ।


आफनो स्वर्गीय दाजुको सम्झनामा बुढाथोकीका कान्छा भाइ सुर्य बुढाथोकीको पहलमा स्थापना भएको घनश्याम बुढाथोकी प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै नेकपाका नेता एवम प्रदेश सभा सदस्य अमरबहादुर डागीले स्वर्गीय बुढाथोकीलाई बर्गिय नेता भएको बताए । उनले सबै जनतासँग घुलमिल हुन सक्ने जनताको मनमा बसेको नेता भएको पाटीले बुढाथोकी जस्तो मुल्यवान नेता गुमाएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डागीले पाटीमा ठुलो लगानी गरेर पनि अवसर पाउन नसकेका एक निष्ठावान नेता भएको बताए ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि एवम प्रदेशसभा सदस्य रेवतिरमण शर्माले आफु अप्ठेरो परिस्थितीमा जुधेर पनि परिवारलाई शिक्षित बनाउने नेता बुढाथोकीलाई आफुहरुले कहिले भुल्न नसक्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले समाज सुधारमा स्वर्गीय बुढाथोकीको धेरै ठुलो योगदान रहेको बताए । उनले बुढाथोकीलाई जनताको पक्षमा पाटीको पक्षमा सधै अडिक भएर हिडने नेताको रुपमा अथ्र्याए ।

घनश्याम बुढाथोकी प्रतिष्ठानका उपाध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशिल पत्रकार संघका अध्यक्ष शरद अधिकारी, नेकपाका नेताहरु मेनका पोखरेल, टीकाराम खड्का, शोभाराम बस्नेत, दामोदर अधिकारी, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोतम खनाल लगायतले आआफनो धारणा राखेका थिए ।

प्रतिष्ठानका महासचिव सुर्य विसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव हुमा डिसीले गरेकी थिइन । कार्यक्रममा बरिष्ठ पत्रकार नारायप्रसाद शर्मा र लेखक केशव थापालाई सम्मान गरिएको थियो ।