नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ५ मा एकता प्रक्रिया शुरु गरेको छ । प्रदेशले पत्रकार सम्मेलन गरी एकता प्रक्रिया शुरु भएको जानकारी दिभएको हो ।

प्रदेश पदाधिकारीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा प्रदेश इञ्चार्ज शंकर पोख्रेलले सबै समस्या प्रणालीबाटै अन्त्य हुने बताउनुभयो । ठूलो पार्टीमा गुना आउनु स्वाभाविक भए पनि त्यसलाई विधि र प्रणालीबाटै हल गरिने पनि उहाँले बताउनुभयो ।

प्रस्तुत छ, विज्ञप्तिको पूर्ण पाठः

पत्रकार मित्रहरु,

नेपाल कम्युनिष्ट पार्टी –नेकपा प्रदेश नं। ५ को पहिलो बैठक कमिटीका अध्यक्ष कमरेड ओनसरी घर्तिको अध्यक्षतामा र प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश ५ का माननीय मुख्यमन्त्री कमरेड शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सहीदप्रति श्रद्धाञ्जलीबाट सुरु भएको बैठकमा प्रदेश कमिटीका सह इन्चार्ज कमरेड दलबहादुर राना र कमिटीका सचिव जगप्रसाद शर्मा ९अपार० को पनि उपस्थिति रहेको थियो । बैठकमा केन्द्रीय सचिवालयद्धारा प्रेसित परिपत्रको अध्ययन गरी परिपत्रको आधारमा प्रदेशमा निम्न कामहरु सम्पन्न गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छौं ।

–जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रकृयालाई विशेष निर्देशन–३ अनुसार सम्पादन गरी प्रदेश कमिटीमा सिफारिस गर्ने ।

–जिल्ला मातहतका पुर्व दुवै पार्टीका कार्यालय एवं भौतिक सम्पत्तिहरुको अभिलेख तयार गरी मातहतका कार्यालयको ब्यवस्थापनको योजना सहित प्रदेश कमिटीमा प्रस्ताव गर्ने ।

–पुर्व दुवै पार्टीका अलग अलग रुपमा रहेमा पार्टी सदस्यता अभिलेखलाई एकिकृत रुपमा ब्यवस्थित गर्ने र एकिकृत रिपोर्टलाई प्रदेश कमिटीमा सिफारिस गर्ने ।

–यि सबै कामहरुलाई २० दिनभित्रमा सम्पादन गर्नका लागि निम्न कमरेडहरु रहनुभएको पार्टी एकता सिफारिस कार्यदल गठन गरिएको छ ।

पुर्वी रुकुम
मेघबहादुर श्रेष्ठ
टोपबहादुर वली
सतमान पुन
होमप्रसाद श्रेष्ठ
रोल्पा
आशबहादुर पुन
कुमार दसौधी
सुरेन्द्र घर्ति
हरिप्रसाद घर्ति

प्युठान
कृष्ण अधिकारी
तुल्सीराम शर्मा
धनबहादुर रायमाझी
नारायण अधिकारी

अर्घाखाँची
चेतनारायण आचार्य
छमकुमारी खनाल
जनार्दन खनाल
तोजबहादुर रायमाझी

गुल्मी
बालसिंह काउँछा
बिरबहादुर कार्की
बुद्धि जि।सी।
मधुकृष्ण पन्त
पाल्पा
नारायण आचार्य
नेत्र पाण्डे
राधाकृष्ण कडेल
राजेन्द्र विश्वकर्मा
रुपन्देही
गोपाल भट्टराई
निर्मल जि।सी।
शिवराज सुवेदी
अनुप बराल

पश्चिम परासी
घनश्याम यादव
तुल्सी पासी
थानप्रसाद गैरे
सिता पौडेल
कपिलवस्तु
झविलाल पोखरेल
डम्मर शर्मा
भानुप्रकाश श्रेष्ठ
रामचन्द्र शाह

दाङ
टिकाराम खड्का
तुल्सीराम पुन
रामजी चौधरी
शिवकुमार आचार्य

बाँके
अक्कलबहादुर बम
अशोक कोइराला
गोपाल गिरी
प्रकाश सुवेदी

बर्दिया
पुर्ण शर्मा
भुवनकुमार थारु
लक्ष्मीप्रसाद शर्मा
हरि ज्ञवाली

–पार्टी एकता कार्यदलले माथि उल्लेखित गरेका कामहरु बाहेक निम्न अनुसारका कामहरुलाई पनि संगसंगै अभियानको रुपमा अगाडी बढाउने निर्णय गरिएको छ ।

–नेपालीहरुका महान चापर्वहरु बिजया दशमीं, शुभदिपावली, नेपाल संवत, छठ जस्ता पर्वहरुको उपलक्ष्यमा जिल्ला, नगर र गाउँपालिकामा स्थिति र अनुकुलतालाई हेरी शुभकामना आदानप्रदान र चियापान कार्यक्रहरुलाई भब्य रुपमा सम्पन्न गर्ने ।

–स्थानीय तहको कामलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न पार्टीको तर्फबाट आवश्यक सहयोग गरी योजना, कानुन, सुशासन, कर प्रणाली, बजेट जस्ता विषयहरुमा योजना निर्माण गर्न र कार्यान्वन गर्न विज्ञहरुको सहयोगमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।

–केन्द्रीय सचिवालयबाट प्रेसित परिपत्र अनुसार पार्टीका मातहतका सबै तहहरुमा भेला र प्रशिक्षण जस्ता कार्यक्रमहरु सञ्चालन गरी पार्टी पंक्तिलाई पार्टी र सरकारको पक्षमा क्रियाशिल बनाउने ।

हाललाई बुटवल स्थित पुष्पलाल स्मृति भवनलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश नं। ५ को पार्टी कार्यालयको रुपमा सञ्चालन गर्ने र कार्यालय सचिवको रुपमा कमरेड बलराम अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

पत्रकार मित्रहरु, हामी यतिबेला एकिकृत पार्टी निर्माणको अभियानमा जुटेका छौं । समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल बनाउन एकिकृत र बलियो पार्टीको आवश्यकता छ । यो अभियानमा तपाई पत्रकार साथीहरुको पनि सकरात्मक तथा पुर्ण सहयोगको अपेक्षा गर्दछौं ।

ओनसरी घर्ति
अध्यक्ष