काठमान्डौ, असोज १८ । राष्ट्रिय सभा सदस्य कोमल वलिले दाङ–काठमान्डौको हवाइ सेवाको भाडादर अत्यन्तै बढि भएको भन्दै भाडामा पुनरावलोकन गर्न सम्वन्धित पक्षसंग माग गरेकि छिन् ।

सांसद वलिले काठमाडौंबाट दाङजाने नेपाल बायुसेवाको टुईनअटर विमानको भाडा बढि रहेको भाडामा पुनरावलोकन गर्न माग गरेकि हुन् । काठमाडौंबाट दाङजाने नेपाल बायुसेवाको टुईनअटर विमानको भाडा सम्बन्धमा उनले विहिवार पर्यटन मन्त्री रविन्द्र अधिकारी र पर्यटन सचिवसंग कुरा गरेंको जानकारी दिदै कुराकानिकाक्रममा उहाँहरुले पनि भाडा बढि नै भएको र यस्लाई तुरुन्तै पुनराबलोकनका लागि निर्देशन दिने आश्वासन दिनु भएको बताइन् । उनले फेसवुकमार्फत भनेकि छिन्–काठमाडौंबाट दाङ जाने नेपाल बायुसेवाको टुईनअटर विमानको भाडा सम्बन्धमा माननीय पर्यटन मन्त्रीज्यु र पर्यटन सचिवसंग मैले कुरा गरें उहाँहरुले पनि भाडा बढिनै भएको र यस्लाई तुरुन्तै पुनराबलोकनका लागि निर्देशन दिने आश्वासन दिनु भएको छ ।’