ब्यावसायिक उखु वारीमा रमाउदै डम्बर,

२०७५ चैत्र २३, शनिबार २२:४९ मा प्रकाशित

उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर

दाङ, २३ चैत | राज्य व्यवस्था परिवर्तनका लागि जनयुुद्धमा होमिएँ, तत्कालीन शसस्त्र जनयुुद्धमा चेतनाको ध्वनि छर्नका लागि कलाकार पनि बनेँ, गितसंगितमा धेरै रुचि छ, तत्कालिन समयमा साहित्य र गितसंगितले नै धेरैलाई चेतना छर्न प्रयास गरेँ ।

समयको विभिन्न कालखण्ड पार गर्दै जाँदा आज एउटा उखुु व्यवसायी बनेको छुु, व्यवसायमार्फत आत्मनिर्भर बन्ने प्रयास गरेको छुु , फरक यति हो , त्यो बेलामा गितसंगितले शितलता प्रदान गरेको थिएँ, अहिले उखुुको जुुसले ………., केहि तिता केहि मिठा, केहि दुुख, केहि हाँसो बिगतलाई सम्झिए डम्बर बुुढा, मेहनती र निकै पौरखि डम्बर हामीले भेट्दा आफ्नै काममा व्यस्त रहेका थिए तरपनि थोरै समय निकालेर हामीसंग कुुराकानी गर्न सहमत भए ।

SPONSORED

अगाडीतिर ठुुलै उखुुको बगैचा, आँखाले पुुग्ने सम्म उखुुले ढाकेको जमिन र चारैतिर हरियाली, लाग्छ प्रकृतिसंग रमाउनेहरु त्यो उखुु बगैचामा पुुग्ने जो पनि साँच्चै नै त्यो मनमोह दुुश्यमा रमाउँदछ……….., छेउमा एउटा जस्तापाताले निर्माण गरिएको घर, उखुु पेल्ने केहि मेसिनहरु , जुुस बनाउनका लागि काटेर राखिएका उखुुका डाँठहरु र पोरखी डम्बरले कुराकानी गर्दैगर्दा २÷४ जनालाई जुुस पनि खुुवाउन भ्याए, त्यो बेलाको समय र अहिलेको समयसंग तुुलना गर्ने हो भने मलाई गुुणासो केहि छैन् , उखुु व्यवसाय यसको बजार पनि राम्रै छ, बिक्रिका लागि समस्या छैन्– उनले भने ।

रोल्पाको परिवर्तन गाँउपालिका–१ डम्बर बुुढा घोराही उपमहानगरपालिका–१७ मा अरु २ जनासंग मिलेर सामुुहिक उखुुखेती गरेका छन् । उखुु रोपेकै स्थानबाटै बिक्रि हुुने गरेको छ उखुु, अझै सम्म बजारको समस्या छैन्, बिस्तारै अब व्यवसाय गर्ने बातावरण पनि निर्माण भईरहेको छ उनले भने –कृषिमा लाग्नेलाई हेर्ने दृष्टिकोण पहिलेको भन्दा अलि फेरिदै गएको छ । अलि भावुुक हुुँदै उनले भने–समाजमा परिचित हुुन लाएक काम गर्नुुपर्छ भन्ने हो, उ बेलामा पनि सांगितिक क्षेत्रमा हुुँदा धेरै साथीसंग परिचित थिएँ, अहिले पनि धेरै साथीहरु भेट्न आउनुुहुुन्छ, खुुशि लाग्छ उखुु व्यवसायमा लागेपनि सांगितिक क्षेत्रलाई मायाचाँही मारेको छैन्–उनले भने ।

SPONSORED

उखुमा दाङलाई आत्मनिर्भर बनाउनका लागि परिश्रमी र पौरखी तिन युवा मिलेर सामुुहिक उखुुखेती थालेका छन् । उखुुखेतीले युुवालाई आत्मनिर्भर बनाएको छ नै प्रकृतिको सुुन्दरतामा पनि साँच्चिकै नयाँ आयाम थपेको छ । राज्य व्यवस्था परिवर्तनका लागि जनयुुद्धमा होमिएका डम्बर बुुढा र जनक बुुढा अनि बैदेशिक रोजगारीको अनुुभव संगालेका धनबहादुुर श्रेष्ठले थालेको सामुुहिक उखुुखेती फस्टाउँदै जान थालेको छ ।

डम्बरले बिगतलाई सम्झदैँ भन्छन्–करिब २०५५ साल तिर हो मैले कविता लेखेकै कारण मलाई नेपाली सेनाले विभिन्न यातना दिने प्रयास ग¥यो, म लगायत परिवार नै केही दिन त जंगलमै सुुत्यौँ, सायद आज यति परिवर्तन आउनलाई रहेछ क्यारे उनि भावुुक हुुँदै भने । अब हामीहरु विदेशमा हैन, स्वदेशमै रमाउनका लागि कृषि उत्पादनमा सरकारले अनुुदाको व्यवस्थालाई गाँउ गाँउसम्म पुु¥याउन आवश्यक छ र युुवाका काममा सरकारी सहयोग अनिवार्य छ –उनले भने ।

गेमी साला भेना उखुु फममार्फत उखुु खेती थालेको २ वर्ष मात्रै भएको उनले बताए । हामीहरुसहित ३ जना अरुले पनि रोजगारी पाएका छन् । काम जुुनसुकै होस् गाह्रो नै हुुन्छ तर अरुभन्दा उखुुखेती अलिकेहि सजिलो हुुने गरेको उनले बताए । उनले भने–एउटा उखुु बैशाख, जेठतिर रोपिएको छ भने त ४ महिनामा नै उत्पादन लिन सकिन्छ, बिरुवा रोपेको १ वर्षसम्ममा उखुुको उत्पादन लिन सकिन्छ, हामीले जुुस संगै उखुुका बिउहरु पनि बितरण गर्ने गरेका छौँ, आम्दानी राम्रै छ ।

तीन बिगाह जमिन भाडामा लिएर सामुुहिक उखुुखेती थालिएको बताउँदै उनले वार्षिक २ लाख भाडा बुुझाउने गरेको बताए । खेतीका लागि करिब १५ लाख लगानी पुुगिसकेको उनले बताए । अहिले सम्म कतैबाट अनुुदान नपाएको उनले बताए ।