महेन्द्र : कलाकर्मीहरुका एक गडफादर

महेन्द्र : कलाकर्मीहरुका एक गडफादर 1

महेन्द्र : कलाकर्मीहरुका एक गडफादर 2

के.एल.पीडित

SPONSORED

महेन्द्र : कलाकर्मीहरुका एक गडफादर 3

थुप्रै कलाकर्मीहरुका लागि महेन्द्र बुढाथोकी प्रेरणा र उर्जाका प्रतीक हुन् । उनले आफ्नै मिहेनत र लगानीमा धेरै कलाकर्मीहरुलाई मंच र अवसर प्रदान गरेका छन् । नयाँ नयाँ प्रतिभाहरुको खोजी गर्नुका साथै उनीहरुको सिर्जनात्मक विकासमा महेन्द्रले महत्वपूर्ण योगदान दिएका छन् । यस अर्थमा उनी नवप्रभिाहरुका एक गडफादर हुन् ।

SPONSORED

महेन्द्र : कलाकर्मीहरुका एक गडफादर 4

दाङका स्थापित पोल्ट्री व्यवसायी महेन्द्र विगत एक दशकदेखि सांगीतिक÷ साँस्कृतिक अभियान एवं मेला÷महोत्सवहरुको आयोजना गरी यस क्षेत्रको कलासंस्कृतिको संरक्षण र विकासमा समर्पित छन् । यी अभियानहरुमा देशभरिका थुपै्र कलाकारहरुले फुल्ने फल्ने महत्वपूर्ण अवसर प्राप्त गरेका छन् ।
‘दाङ साँगीतिक हिसाबले अत्यन्त उर्वरभूमि हो । म यो भूमिमा नयाँ नयाँ प्रतिभाहरु हुर्काएर कलाक्षेत्रमा केही योगदान दिन चाहन्छु ।’ कलाप्रेमी महेन्द्रले आफ्नो योजना र सपना सुनाउँदै भने ‘म यहाँका सबै कलाकर्मीहरुलाई संगठित गरेर केही नयाँ अभियान संचालन गर्ने सोचमा छु ।’

SPONSORED

महेन्द्र : कलाकर्मीहरुका एक गडफादर 5

बुवा ऐजन बुढाथोकी र आमा महिमा बुढाथोकीको कोखमा वि.सं. २०३३ जेठ १३ गते रुकुमको सिस्ने ८ कुचिबाङमा जन्मिएका महेन्द्र गाउँमा हुने नाचगान एवं साँस्कृतिक कार्यक्रमहरुमा उत्साहपूर्वक सहभागी हुन्थे । गाउँमा त उनी युवाहरुको चल्तापूर्जा साँस्कृतिक कमाण्डर नै थिए । २०५० सालतिर गाउँमा पढ्दै गर्दा उनी जनसाँस्कृतिक परिवारमा आवद्ध भएर २ वर्ष साँस्कृतिक अभियानहरुमा सक्रिय रहे । किशोरवयमै उनी कलाका गहन अनुरागी भइसकेका थिए ।

पोखराको पीएन क्याम्पसमा आइ.ए.को पढाइ सकाएर महेन्द्र २०५४ सालमा दाङ झरे र बिएडको अध्ययन शुरु गरे । अध्ययनकै क्रममा उनी तुलसीपुर माउण्डभ्यू होटलमा १ वर्ष र घोराहीको दाङभ्याली होटलमा ४ वर्ष मेनेजर भए । त्यसपछि उनी डिग्री पढ्न काठमाडौं लागे । घरको आर्थिक अवस्थालाई उनी सुधार्न चाहन्थे । रोजगारको लागि मलेशिया जाने योजना थियो तर मेडिकल रिपोर्टमा फेल भएपछि उनी दाङ फर्किए ।

महेन्द्र : कलाकर्मीहरुका एक गडफादर 6२०५८ मा उनले दिलु मल्लसंग प्रेम विवाह गरे र दाङ घोराहीमा मकालु पोल्ट्री फर्म एण्ड फिड इण्ड्रस्टिजमा शुरुमा सहलेखापाल र पछि मेनेजर भएर करिव ७ वर्ष जागिर गरे । एकातिर युवा जोश र उत्साह र अर्कोतिर व्यवहारिक ज्ञान, सीप र अनुभवले परिपक्व हुँदै गरेका महेन्द्रलाई व्यवसायिक क्षेत्रमा केही गर्ने सोंच आयो । उनले आफू कार्यरत रहेको मकालु पोल्ट्री फर्म खरिद गरेर व्यवसायमा पहिलो कदम उठाए । शुरुमा आफ्नै कमाइको ३ लाखबाट व्यवसाय शुरु गरेका महेन्द्रको अहिले करोड माथिको कारोबार छ ।

शुरुका दिनहरुमा अनेकन दुःख र संघर्ष वेहोरेका उनी अहिले दाङका एक सफल एवं प्रतिष्ठत युवा उद्यमीको रुपमा स्थापित छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको सदस्य एवं कुखुरा व्यवसायी समितिको उपाध्यक्ष रहेका महेन्द्र व्यवसाय क्षेत्रमा माधव प्रसाद शर्मा र गिरिराज रेग्मीलाई सफलताको श्रेय ठान्छन् ।
२०७५ माघ १०–२० गतेसम्म दाङको घोराहीमा भएको प्रदेश ५ स्तरीय प्रथम पोल्ट्री महोत्सवमा महेन्द्रले निर्देशकको भूमिका निर्वाह गरेका थिए । दाङको सन्दर्भमा यो एक ऐतिहासिक महोत्सव थियो ।

कुनै बेला मकैको सुख्खा रोटी टोक्दै दाङको घोराहीदेखि रुुकुमसम्म नूनका बोरा बोकेर उकालो ओरालो गरेका महेन्द्र अहिले होण्डा क्रेटा कार चढ्छन् । अचेल ती उकाली ओरालीहरुमा चिल्लो कारमा हुँइकिदा उनलाई विगतको दुख, अभाव र संघर्षको खुब याद आउँछ ।

‘अहिले ती दिनहरु संझदा कस्तो कस्तो लाग्छ । मलाई मेरा दुःखहरुले नै यहाँसम्म ल्याएका हुन् । सफल उद्यमी महेन्द्रले विगतको प्रसंग कोट्याउँदै भने ‘ पाँच भाइबैना मध्ये म जेठो थिएँ । पैतृक संपत्ती डाँडापाखा मात्र थियो । दाङमा मैले शुन्यबाट यात्रा शुरु गरेको हुँ ।’

दाङ झरेपछि अध्ययन र व्यवसायमा समर्पित महेन्द्र उत्सर्ग फिल्मस् नेपालले चलाएका सांगीतिक अभियानहरुबाट पुनः कलाक्षेत्रमा जोडिए । ‘दाङ आएपछि मेरो पहिलो मंच÷ब्यानर उत्सर्ग हो । म यही ब्यानरबाट कलाक्षेत्रमा जोडिएको हुँ ।’ उनले भने ।

कठोर मिहेनत, लगन र संघर्षले युवा उमेरमै व्यवसायिक क्षेत्रमा लोभलाग्दो सफलता चुमेका महेन्द्र गीतसंगीतल जीवलाई मोहक र उर्जाशील बनाउने धारणा व्यक्त गर्छन् । ‘गीतसंगीतले दुःख, वेदना, तनाव र थकान बिर्साउँछ । मैले गीतसंगीतबाट निकै आनन्द र उर्जा प्राप्त गर्छु । उनको यो भनाइबाट थाहा हुन्छ उनले जीवनमा कलाको मोहकता र सामथ्र्यलाई गजबले अनुभूत गरेका छन् ।

आफू त कलाका पारखी हुन् नै कलाकारका लागि पनि औधी प्रिय छन् उनी । कलाकारहरुको सिर्जना र प्रतिभालाई उनी उत्तिकै प्रेम र सम्मान गर्छन् । कलाकर्मीहरुका लागि सधैं आफ्नो हात र काँध दिएका छन् उनले । उनको यो सदभाव, प्रेम, उत्प्रेरणाको उर्बरभूमिमा सिर्जनाका धेरै कोपिलाहरु फक्रेका छन्, फुलेका छन् र गजबले मगमगाएका छन् । र, त उनी नवकलाकर्मीहरुका एक भरोसायोग्य गडफादरमा दरिएका छन् । कलाक्षेत्रमा उनको यो प्रीतिकर चलायमानले समस्त कलाप्रेमी मनहरु गद्गद छन्, गौरवान्वित छन् !