चुनौतीहरुको सामना गर्दा गदै लोकसेवा पास , उदाहरण बनिन शारदा पन्थी

२०७५ मंसिर १७, सोमबार १९:३५ मा प्रकाशित


काठमाडौं । गुल्मी जिल्लाको रेसुंगा नपा वडा नं ६मा मित्रलाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मिएकी शारदा पन्थीको १९ वर्षकै उमेरमा प्रविणता प्रमाणपत्र तह पढ्दा पढ्दै विवाह भयो । प्रहरी निरीक्षक गोविन्द पन्थीसंग उनको विवाह भएको थियो ।

तर,अहिले श्रीमानले साथ दिए र वातावरण पाएमा महिलाले प्रगती गर्न सक्छन् भन्ने उदाहरण शारदा बनेकी छन् । १ छोरा र १ छोरीकी आमा शारदाले उक्त अवधीमा मास्टर डिग्री गरी लोकसेवाको तयारी गरिन। खुल्ला प्रतिस्पर्धामा नाम निकाल्न सफल शारदा पन्थी भन्छिन – ‘दृढ ईच्छा शक्ती, धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव हुदैन । गर्न नसकिने केही छैन ।’

विवाह गरेको २ वर्षमै बच्चा जन्माएकी उनले बाबु हेर्दै डिग्री गरिन भने पुन: अर्को बच्चा जन्मियो र २ जना बच्चा हेर्दै तिनिहरुलाई पढाउदै मा उनको समय बित्यो । अझ श्रीमान २४ सै घण्टा जनताको सुरक्षामा रहने जागिरमा हुँदा त उनलाई पढ्ने समय निकाल्न मुस्किल पर्दथ्यो ।

लोकसेवा पास गर्दा के कस्ता चुनौतीहरुको सामना गर्नु पर्‍यो भन्ने प्रश्नमा उनले भनिन – ‘विवाह सानै उमेरमा भयो । शुरुमा BA,MA गर्दा नै ६,७ वर्ष बित्यो । बिचमा बच्चा श्रीमान् प्रहरीको जागिरे,घर र परिवार समेत हेर्नु पर्ने समस्याको चाङ्गको बाबजुद मैले आफ्नो सपना साकार पर्नु थियो त्यसैमा लागे,परिक्षा दिदै गर्दा एउटा महिलालाई न्याय दिदा त्यसै अभियोगमा श्रीमान लाई पुल्चोकबाट तानियो,सामान्य होला,एक सरुवा त होला नी भन्ने सोचेकी थिए तर उहा घरमै आउन नपाएको देख्दा आश्चर्य लाग्यो । मिडियाबाट समाचार आउन थाले,एक महिलालाई न्याय दिदा प्रहरी निरीक्षक तानिए जस्ता थरी थरीका समाचार आउन थाले । मिडियाले अन्यायका बिरुद्ध राम्रै कभरेज गरेको देख्दा न्याय हुने ठान्थे र महिलालाई न्याय दिदा तानिएको भन्दा गर्व पनी भयो । त्यही तनाबको बिचमा परिक्षा दिए । प्रथम चरणमा पास भए । कौतुहलता र अनिश्चियताको बिचमै परिक्षाको तयारी पनी गर्नु थियो । करिब २ महिना श्रीमानलाई जिम्मेवार बिहीन बनाई राखियो । त्यस अवधीमा श्रीमानले मलाई घरको काममा सघाउने मौका मिल्यो । मैले पढाईलाई अझ तिब्रता दिए,मनमा अन्यायको आभाष भएकै थियो त्यस्तो चुनौतीलाई अवसरको रुपमा लिए। जसले गर्दा नाम निकाल्न पनि सफल भए । विश्वमा धेरै मुलुकमा महिलाले नेतृत्त्व समेत प्रदान गरेका छन् ।त्यसैले असम्भव केही छैन सबैले कोशीस गर्नुस सफलता पाईन्छ ।’