निमुसंगम घर्ती, घोराही
१४ – कार्तिक/ लालकुमारी पुरी उमेरले ६० बर्ष पुगिन । बुहारी सँग झगडा परेपछि गतबर्षको कार्तिक १५ गते रोल्पाको गजुरबाट निस्किन । मनभरी पिडा बोकेर घरबाट निस्कनु भएकी लालकुमारी रन्थनिदै घोराहीको तेरौटे स्थित बृद्धाआश्रममा पुगिन ।

बुहारी सँग झगडा प¥यो घरबाट निस्की, जा भन्यो अनि बाध्य भएर निस्कीय अब कसरी घर जाम ? छोराले पनि आमा खोजेर बुहारी सँगै मिल्यो लालकुमारीले भनिन,— छोरा बुहारीलाई नै म ठिक छैन भने किन उनिहरु सँग बस्ने भने र मनले सोचे सारै पिर प¥यो अब त घर फर्कदैन ।

छोरा कमाउन भारत गएको थियो घर मैले र बुहारीले सम्हाल्दै आएका थियौ तर उनिहरुको नजरमा म कसिङगर भए लालकुमारीको दुखेसो छ । काम गर्न नसक्ने भए पछि बुहारीले गाली सँगै कुटपिटसम्म गरेको उनले पिडा सुनाइन । निकै भावुक हुदै उनले भन्नुभयो ‘हातपाखुरा बजारेर मात्रै खाने हो, घरमा बसीबसी खाने होइन भन्दै रातदिन गाली गर्थी ।’ बुहारीको गाली मात्रै होइन पटक पटकको कुटाइले उनलाई आफैले बनाएको घरमा बस्न मन लागेन र घरबाट निस्कीए ।

उनी मात्रै हैन प्युठानको माडिखोला घर बताउने इश्वरी पाण्डे ७० बर्ष भैसकिन । उनको दृष्टी र श्रबण क्षमता कमजोर छ । दाजुभाउजुको हेला सहन नसकेर घरबाट निस्किएकी अविवाहित इश्वरी पनि लामो समय दाङका विभिन्न गाउँमा घरेलु कामदारको बनेर जिउ पाल्दै आश्रममा आएको बताछिन । विभिन्न कारणले आश्रममा पुगेकाहरु मध्य अर्का एक हुनुहुन्छ घोराही १२ का दुर्गाप्रसाद पाण्डे । उहाँलाई श्रीमतीले एक्लै छोडेर गएपछि बृद्धआश्रममा रमाइरहेका छन् ।

आफुले जन्माएका छोराछोरीको मृत्यु भए पछि श्रीमतीसँगै नातिनातिनाले घरसम्पत्ति बेचेर उहाँलाई छोडेर बर्दिया पुगेका छन् । उनी अहिले ८१ बर्षको भए । श्रीमती र नातिनातिनाले हेला गरे पछि यहाँ आए उनले भनिन,— ‘जसले मलाई हेला गरे उनीहरुको माया मलाई पनि लाग्दैन ।’ ‘छोडेर गएकाहरुको सम्झेर झन दुखि हुन मन लाग्दैन ।’ मनमा घाउ दिएकालाई सम्झेर झनै मनमा घाउ नबनाउने उनको भनाई छ ।

घोराही उपमहानगरपालिका १६ स्थीत तेरौटेमा रहेको बृद्धआश्रममा अहिले १७ जना बृद्धबृद्धाहरु बसिरहेका छन । उनीहरुको सम्पुर्ण लालनपालन रेखदेख, स्याहार सुसार र स्वास्थ्य उपचारको व्यवस्था बृद्धआश्रमले गरिरहेको छ । बृद्धआश्रममा बस्ने अधिकांस, परिवारको हेला र अपहेलना सहन नसेकेर यता आइपुगेको बताउछन् ।

थलिदै जेष्ठ नागरिकहरु

असाहय र अशक्त हुदै बृद्धाआश्रममा पुगेको व्यक्तिहरु विरामी पर्दै गएका छन् । बुढेऔली शरीरमा बिभिन्न खाले समस्याहरु देखा पर्न थालेका छन् । मानसिक रोग, प्यारालाईसिस, दम जस्ता समस्याहरु हुने गरेको आश्रमले जनाएको छ । केही महिना पहिले २ जनाको निधन भएको छ ।

बच्चि दमाईको प्यारालाईसिसले र तुलसीराम चौधरीको टिबिका कारण निधन भएको हो । आश्रममा अहिले सम्म ९ जनाले ज्यान गुमाएका छन् । अहिले मासिक ५० हजार खर्च बृद्धबृद्धाको खानपानमा मात्र भैरहेको छ । तर आफ्नै ५ विगाहा सम्पत्तिबाट आउने दाताहरुको सहयोगबाट आश्रम चलिरहको छ ।

यता घोराही उपमहानगरपालिकाले पनि बर्षै पिच्छे आश्रमको लागि बजेट छुटयाउदै आएको छ । यस बर्ष पनि तीन लाख बजेट विनियोजन गरेको उपमहानगरकी महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोति विश्वकर्माले जानकारी दिइन ।