कुखुरा फार्मले  बिर्साउँदै  खाडीको  व्यथा

२०७५ आश्विन ४, बिहीबार १२:२३ मा प्रकाशित

आभास बुढाथोकी

घो राही । घरपरिवारसग सुुखी जीवन बिताउन धन कमाउने  सपना बोकेर उनी २५ वर्षको  छदा पहिलो पटक खाडी पुगे  । जीवनको  ऊर्जाशील समय, श्रम र पसिना उतै  बगाए । रो जगारीका क्रममा घरपरिवार, साथीभाइ, इष्टमित्र र गाउसमाजबाट वर्षांै  छुट्टिएर बसे  । धे रथो र पै सा पनि कमाए । तर १५ वर्ष खाडीमा बिताउदा पनि मनमा सन्तो ष नभे टाएपछि उनी दुई वर्षअघि मात्र स्वदेश फर्किए ।

SPONSORED

घो राही–६ फचकपुरका मनबहादुर बुढाले  अहिले  भने  आफ्नै  लगानीमा १६ लाखमा कुखुरा फार्म सञ्चालन गरे का छन् ।  भन्छन्– ‘खाडीका पाच दे शमा १५ वर्ष बिताउदा नभे टाएको  खुशी कुखुरामा फार्ममा भेटाए ।’ खाडीले  उनको  ऊर्जाशील समय र जोवनमात्रै  हैन घरपरिवारसग बिताउने  महत्वपूर्ण पलसमे त खो स्यो  । दूधे  सन्तान काखमा खे लाउन नपाउदै  हुर्किए । ‘सम्झदा अहिले  पनि मन चिसो  हुन्छ’– उनी सुनाउछन्– ‘तर अब त्यो  समय त फर्काउन सकिन्न । बरु पीडा भुलाउने  बाटो  कुखुरा फार्मलाई बनाएको  छु ।’

SPONSORED

ऊर्जाशील समय खाडीमै  बिताए पनि बाकी बचे को  समय भने  समाज र दे शलाई के ही दिन्छु भने रै  उनी स्वदे श फर्किएका थिए । त्यसै  अनुरुप उनले  कुखुरा फार्म खो ले का हुन् । फार्ममा एक हजार अण्डा दिने  उन्नत जातका चल्ला राखे का छन् । ‘दै निक आठ सय अण्डा फार्मबाट आउछन्’– फार्ममा खटिदै  गर्दा उनले  खुशी साटे – ‘बजारको  समस्या छै न । व्यापारी घरमै  लिन आउछन् ।’ फार्ममा आफूमात्रै  एक्लो  छै नन् । परिवारका सदस्यहरुलाई पनि सामेल गराएका छन् । जुन समय परिवारसग बिताउन उनले  १५ वर्ष खाडीमा व्यतित गरे , त्यो  समय अहिले  साथमा बिताउन पाउदा हर्षित छन् । ‘खुशी त यहीं पो  रहे छ’– उनी दंग छन् ।

SPONSORED

तर यतिकैमा भने  उनले  चित्त बुझाएका छै नन् । बरु फार्मलाई अझै  ठूलो  बनाएर लै जाने  सो च छ उनको  । ‘अहिले  फार्मको  क्षमता एक हजार छ’–उनले  भने – ‘दुई हजार बराबरको  संख्यामा कुखुरा राख्न मिल्ने  नया खो र बनाउने  यो जनामा छु ।’ के ही महिनाभित्रै  नया खो र निर्माण शुरु गर्ने  उनले  सुनाए । फार्म सञ्ञ्चालन गरे को  लामो  समय नभए पनि आफू भने  सन्तुष्ट रहे को  उनी बताउ“छन् । खाडी मुलुकमा बगाउने  श्रम र पसिना स्वदे शमै  बगाउन सके  राम्रो  आम्दानी हुने  उनी अनुभव सुनाउछन् ।

‘कै यौ ं युवा अहिले  पनि खुशीको  खो जीमा खाडी मुलुक गइरहे का छन्’– उनले े  भने – ‘म चाहन्छु उनीहरु स् वदे शमै  के ही गरुन् । विदे शमा बगाउने  श्रम पसिना आफ्नै  जन्मभूमिमा खर्चियून् ।’ लगनशीलता र धै र्य भए खाडीमा बगाउने  श्रमले  स् वदे शमै  राम्रो  प्रतिफल पाउन सकिने  उनले  बताए ।

कुखुरा फार्म आयआर्जनको  बाटोमात्रै  नभएर समाजलाई के ही सकारात्मक सन्दे श दिने  सो च रहे को  उनले  सुनाए । ‘देशबाट अहिले  थुप्रै  युवा जनशक्ति कामदारका रुपमा खाडी मुलुकमा पुगे का छन्’– उनी दुखेसो  पो ख्छन्– ‘हामीले  आफ्नो  भूमिको  महत्व चिन्न नसक्दा विदेशमा दुःख पाइरहे का छौ ं । कै यौ ंले  आफ्नो  जीवन र घरपरिवार गुमाएका छन् । अब यो  सबै ले  बुझ्न जरुरी छ ।’ आफ्नो  श्रमलाई स्वदे शमा लगाए समाज र राष्ट्रलाई सकारात्मक सन्देश दिन सकिन्छ भने रै  उनी कुखुरा फार्ममा दिनरात लागिपरेका छन् ।