घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट 1

घोराही १६ मा नेकपाको उम्मेदवार सुरेशबहादुर केसी ‘प्रताप

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट 3

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । नेकपा भित्र गजेन्द्र खड्का र बिरामी भएर निधन भएका स्व. लछिन बुढाकि धर्मपत्नि लालमती बुढाको धेरै चर्चा भएपनि यी चर्चामा भएका सबैलाई उछिनेर नेकपा भित्र पुर्ब माओबादीले वडा अध्यक्षको टिकट पाएको छ । लामो सम जनयुद्धमा लागेका केसिलाई नेकपाले उम्मेद्वार बनायो । पार्टी भित्र केपि शर्मा ओलि पक्षका लालमती बुढालाई अघि सारेका थिए  । नेपाल पक्षकाले गजेन्द्र खड्कालाई बनाउनु पर्ने पक्षमा थिए । वडा अध्यक्षको उम्मेद्वार छान्न नेताहरु बिच तीब्र बिबाद थियो ।  बिवाद बढ्दै जादा उम्मेद्वार चयनमा सकस हुदै आएको थियो । आफुले टिकट नपाएको भन्दै लालमती बुढाले नेकपाकै वडा अध्यक्षका उम्मेद्वार बिरुद्ध बागी दिने बताएकि छिन ।

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट 4

४ जनाको सिफारीस भएकोमा केसीलाई वडा अध्यक्षको उमेद्वार बनाउने नेकपा दाङको कार्यालय बैठकले निर्णय गरेको हो । वडा अध्यक्षका लागि कार्तिक २७ गते उम्मेदवारी दर्ता हुँदैछ ।

SPONSORED

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट 5

वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उहाँका श्रीमतीलाई उमेद्वार बनाउने चर्चा भए पनि अन्तत केसीलाई नेकपाले उमेद्वार बनाएको हो ।

SPONSORED

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट 6

नेपाली कांग्रेसले ताराबहादुर डिसीलाई उमेद्वार बनाईसकेको छ । वडा नम्बर १६ मा ४ हजार ४ सय ५३ मतदाता रहेका छन् । २ मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण भएको छ ।

SPONSORED

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट 7