उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 1

उर्जा जलश्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मूक्त हुने दावी गरेका छन् ।उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडेका छन् । आजै पुनले एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन गरे । चुनाव आचारसंहीता विपरीत मन्त्रि पुनले उद्घाटन गर्दै हिडेका छन् ।

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 2

SPONSORED

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 3

उर्जाको विभिन्न क्षेत्रहरुको पहिचान गरी उर्जा उत्पादनमा सरकारको ध्यान विशेष रूपमा केन्द्रित रहेको र विद्युत उत्पादन पनि धमाधम भइरहेकले देश पूर्णरुपमा अन्धकार मुक्त हुने बताए । दाङको झिङ्ग्नीमा रहेको लमही-घोराही १३२ केभी प्रशारण लाइन तथा घोराही १३२।३२ केभी सवस्टेशनको शुक्रबार उद्घाटन गर्दै उर्जामन्त्री पुनले नेपालमा रहेका करीव २३ हजार बढी नदीनालामध्ये प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदीनालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान गम्भीर रूपमा पुगेको बताए ।

SPONSORED

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 4

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 5

SPONSORED

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 6

ती नदीनालाहरूबाट विद्युत उत्पादन, र्या्फ्टिङ वा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न सक्ने गरी गृहकार्य शुरू भइसकेको जानकारी दिए । उनले भने, देशमा सानाठूला गरी २३ हजार बढी नदी नाला छन्, ती नदीनालाको संरक्षण गर्दै उच्चतम प्रयोग गरी देश विकासको यात्रामा सँगै जोडेर लैजाने काम भइरहेको छ ।

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 7

यस्तै, उनले देश विकासको मुख्य मेरूदण्डको रूपमा नेपालको विद्युत क्षेत्रले भूमिका खेलिरहेको दावी गरेका छन् । उनले अहिले नेपालको आर्थिक वृद्धिदरमा अंक सुधार हुँदै जानुमा उर्जा क्षेत्रको योगदान नै मुख्य कारक रहेको बताए ।

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन 8

अहिले नेपालमा भईरहेको औद्योगिकरण र शहरीकरणको तीव्र विकासमा सहज विद्युत आपूर्ति हन नसक्दा कतिपय काममा बाधा पुगिरहेको गुनासो आउने गरे प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो । ठूला शहरका लागि चाहिने विद्युत तथा जिल्ला स्तरमा पनि ठूला उद्योग स्थापना गरी सहज ढंगले संचालनको वातावरण बनाउने बन्दै गएकाले यस प्रति चिन्ता व्यक्त नगर्न आम उद्योगी तथा सरोकार पक्षलाइ अनुरोध गरे ।

उनले भने, यहाँहरूले स्थापना गर्ने ठूला परियोजना वा उद्योगहरूमा आवश्यक विद्युत पाइँदैन कि भनेर चिन्ता नलिनुस्, म ग्यारेन्टीका साथ भन्छु, अब ढुक्क भएर विद्युत प्रयोग गर्न सक्नुहुन्छ, तपाइलाई जति विद्युत चाहिन्छ, हामी उपलब्ध गराउँछौं, यो मेरो प्रतिवद्धता भयो ।

अझैपनि कतिपय कार्यशैली तथा सोँचका कारण सामाजिक विकासमा कहीँ कतै विकास अवरोधका अवशेष देखिने भएकाले स्थानीय सरकारले संस्था वा कार्यालयका काममा सकारात्मक कदम चाल्न भूमिका बढाउने पर्नु पर्ने मन्त्री पुनको सुझाव छ । उनले हरेक निकायको कार्यशैलीमा परिवर्तन गर्न जरूरी रहेको औंल्याएका हुन् ।

देश विकासका लागि सुशासन बिना सम्भव नरहेकाले राज्य प्रणालीको सुधार गर्नु पर्ने ठाउँमा कहाँ कसरी गर्नु पर्छ सबै मिलेर गरौं तर उही पुरानै शैलीमा अघि बढ्ने चेष्टा गर्याैं भने देश विकासको परिकल्पना एकादेशको कथा मात्रै हुनेछ, उनले भने ।

उनले यसमा सबैभन्दा बढी भूमिका स्थानीय सरकारको रहेकाले सबैमा सकारात्मक सोँचको विकासमा ध्यान केन्द्रित गरी सरकारले अघि सारेको विकास र समृद्धिको यात्रामा साथ दिन अपिल गरे ।

वि.सं. २९६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम २०७५ असोज १० गते सम्पन्न भएको हो । २०७५ चैत्र २७ गतेबाट चार्जिङ शुरू गरिएकाे प्रशारण लाइन ४२ कराेड ३७ लाखको लागतमा निर्माण गरिएको हाे । सो प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र सैघा, स्यूजा, बंगलाचुली, घोराहीका विभिन्न स्थानलगायत तुलसीपुर उपमहानगरका अधिकांश स्थानमा सहज विद्युत आपूर्ति गर्दै आएको छ । सो प्रशारण लाइनका कारण ४० हजार बढी उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् ।

सो अवसरमा आयोजना प्रमुख दुर्गानन्द बडियैतले सो प्रशारण लाइन स्थापना गर्दा र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । हाल ३० एम्पियर रहेको प्रशारण क्षमता बिस्तार गर्दै लैजाने कार्यालयले योजना बनाएको छ । उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा परियोजना अनुरुप अर्को प्लान्ट आगामी पुषसम्ममा जडान गर्ने गरी काम अघि बढाइएको जानकारी गराइएको थियो ।

उक्त सव स्टेशनबाट पहिलो फिडरबाट घोराहीको सब स्टेशन र होलेरी सब स्टेशनमा विद्युत सप्लाई हुने छ । त्यस्तै दोस्रो फिडरबाट घोराही सिमेन्ट उद्योगमा र तेस्रो फिडरबाट तुलसीपुर र सोनापुर सिमेन्ट उद्योगमा विद्युत दिईने विद्युत प्राधिकरणका निर्देशक दुर्गानाथ बडियैतले जानकारी दिए ।

यस विद्युत सबस्टेशन निर्माण भएपछि दाङमा औद्योगिक विकासका लागि ढोका खोलेको प्राधिकरणको दावी छ । अब दाङमा भोल्टेज कम हुने छैन भने विद्युत चुहावट रोकिने छ । अर्को तर्फ उद्योग सञ्चालनमा अप्ठेरो नपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।