राप्ती स्वास्थ्य प्रतिष्ठान र चितवन मेडिकल बिच सम्झौता

राप्ती स्वास्थ्य प्रतिष्ठान र चितवन मेडिकल बिच सम्झौता 1

सम्झौता भएसंगै डाक्टर आदानप्रदानसहीत सबै शैक्षिक कार्यक्रममा एक अर्काविच सहयोग हुने

घोराही, कार्तिक २१ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज विच चितवनमा सम्झौता भएको छ । बिशेषज्ञ डाक्टर, नर्श आदान प्रदानसहित सबै शैक्षिक कार्यक्रममा एक अर्कामा सहयोग गर्ने गरी दुवै पक्षविच सम्झौता भइसकेको प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारीले बताउनु भयो ।

उहाले सम्झौताले यहाँको स्वास्थ्य क्षेत्रलाई माथि उठाउन थप सहज हुने विश्वास ब्यक्त गर्नु भयो । उपकुलपति भण्डारीले आफ्नै पहलमा आगामि बैशाखदेखी चलाउने सबै शैक्षिक कार्यक्रमको सहजताका लागि र यहाँका नागरीकहरुलाई विशेषज्ञ सेवाको थप उपलब्धता गराउनका निमित्त चितवन मेडिकल कलेजसंग सम्झौता गर्नु भएको थियो । प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यका अनुसार सम्झौता पत्रमा दुवै पक्षविच हस्ताक्षर गरेपछि एकअर्कामा आदानप्रदान गरीएको थियो । प्रतिष्ठानकि उपकुलपती प्राडा भण्डारि र चितवन मेडिकल कलेजका सिइओ हरिष्चन्द्र न्यौपाने बिच सम्झौतामा हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यो सम्झौताले अव प्रतिष्ठानमा विशेषज्ञ डाक्टरहरु थप्न थप सहज हुने जनाएको छ ।

SPONSORED

राप्ती स्वास्थ्य प्रतिष्ठान र चितवन मेडिकल बिच सम्झौता 2

SPONSORED

राप्ती स्वास्थ्य प्रतिष्ठान र चितवन मेडिकल बिच सम्झौता 3