काग्रेस सचिव शंकर डाँगि र नेता जगत खड्काले भने–‘यसपालिको चुनाव काग्रेसको पोल्टामा पार्छौ’

काग्रेस सचिव शंकर डाँगि र नेता जगत खड्काले भने–‘यसपालिको चुनाव काग्रेसको पोल्टामा पार्छौ’ 1

घोराही, कार्तिक २१ । नेपालि काग्रेस दाङका सचिव शंकर प्रशाद डाँगिले दाङ ३ ख र घोराही १६ को चुनावमा काग्रेसको पक्षमा मतदान गर्न सबै मतदाताहरुमा अनुरोध गरेका छन् । दाङ ३ ख को चुनावि रेसमा रहेपनि पार्टिले केशव आचार्यलाई टिकट दिएपछि फेसवुकमा पहीलो प्रतिक्रीया दिदै डाँगिले माया र सदभाव प्रती सबैमा उच्च सम्मान एवम हार्दिक कृतज्ञता पनि प्रकट गरेका छन् ।

उनले मंसिर १४ गतेको निर्वाचनमा सबै समर्पित हौं भन्दै सबैमा जय नेपाल भनेका छन् । उनले पार्टिले सक्षम ब्यक्तिलाई चुनावमा ल्याएको भन्दै पार्टिको इज्जतका लागि सबैले मिलेर जिताउनु पर्ने बताए । टिकट नपाउदासम्म सबैले आ–आफ्नो पक्षमा लविङ, पैरवि गर्नु लोकतान्त्रिक विधि भएको भन्दै अव पार्टिले टिकट दिएर पठाइसकेकाले सबै गोलवद्ध भई ब्यक्ति भन्दा पनि पार्टिको हितका लागि काग्रेसको पक्षमा मतदान सबैले आ–आफ्नोतर्फवाट सहयोग गर्नुपर्ने बताए । सचिव डाँगिले चुनावको वेला ब्यक्ति गौण हुने भन्दै सबैको चासो र चिन्ता पार्टिका हितका निम्ती सबै परीचालित हुनुपर्ने तर्क गरे । उनले यसपालि चुनाव जितेमा मात्र अन्य चुनावमा काग्रेसवाट अवसर आउने भन्दै कुनै पनि हालतमा काग्रेसले ल्याएको उम्मेद्वारलाई जिताउने सबैको दायित्व वरावरी भएको पनि औल्याए ।

SPONSORED

काग्रेस सचिव शंकर डाँगि र नेता जगत खड्काले भने–‘यसपालिको चुनाव काग्रेसको पोल्टामा पार्छौ’ 2

आफु भन्दा सिनियर नेताले टिकट पाएकोमा आफु अत्यन्तै खुसि भएको भन्दै पार्टिले उम्मेद्वार छानेर दिइसकेपछि सबै मिलेर जिताउनुपर्ने भुमिकामा आफुहरु रहेको बताए । त्यस्तै चुनावि रेसमा रहेका काग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत खड्काले सबै मिलेर काग्रेसको उम्मेद्वारलाई विजयि बनाउनुपर्ने बताए । टिकट ल्याएर आइसकेपछि काग्रेसका नेता, कार्यकर्ताहरु सबै चुनावि गतिविधिमा खट्न आग्रह गर्दै यो चुनाव काग्रेसजनहरुको इज्जतका लागि पनि जित्नुपर्ने बताए ।

SPONSORED

काग्रेस सचिव शंकर डाँगि र नेता जगत खड्काले भने–‘यसपालिको चुनाव काग्रेसको पोल्टामा पार्छौ’ 3

SPONSORED

काग्रेस सचिव शंकर डाँगि र नेता जगत खड्काले भने–‘यसपालिको चुनाव काग्रेसको पोल्टामा पार्छौ’ 4