पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी ः आचार्य

पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी ः आचार्य 1

आगामी मंसिर १४ गते हुने क्षेत्र नं. ३ (२) प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका उम्मेदवार केशवकुमार आचार्यले पश्चिम दाङको विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराईसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आचार्यले त्यस्तो बताएका हुन । ‘पश्चिम दाङमा विकासको जग काँग्रेसले बसालेको थियो, त्यो पुरा हुन सकेको छैन’,नेता आचार्यले भने,‘त्यो पुरा गर्ने अहिले अवसर आएको छ,त्यसैले मैले उम्मेदवारी दिएको छु ।’

आफु संसदमा निर्वाचन भए दाङको विकासका लागि काँग्रेस नेता तथा पूर्व मन्त्री दीपक गिरीले सुरु गरेको वृहत दाङ सिंचाई आयोजनालाई सफल बनाउन तथा दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि समेत पहल गर्ने आचार्यले दाबी गरे । त्यस्तै उनले कम्युनिष्ट सरकारको अन्याय अत्याचारसँगै महिला, दलित, जनजातिसँगै पछडिएको जातिहरुको मुक्तिका लागि पहल गर्ने बताएका थिए । आफु कुनै लाभ र पदका लागि प्रलोभनमा नपर्ने भन्दै पश्चिम दाङको समग्र विकासका लागि पहल गर्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस मनोनय दर्तागर्न दलवलसहित पुगेको थियो । त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसदहरु सहित पुगेका थिए ।

SPONSORED

पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी ः आचार्य 2

SPONSORED

पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी ः आचार्य 3