दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता

दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता 1
दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता 2

दाङ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीले मनोनयन दर्ता गराएकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गरेकी हुन् । आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दिएकी हुन् ।

SPONSORED

दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता 3

को हुन बिमला ?

श्रीमानले सकृय राजनीति गरे । फलस्वरूप दाङ क्षेत्र नम्बर ३ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका उत्तरकुमार वलीको सवारी दुर्घटनामा परेर ज्यान गयो । त्यसपछि रिक्त रह्यो सो क्षेत्र ।

SPONSORED

दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता 4

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा सो क्षेत्रबाट प्रदेशसभा सदस्यको लागि उनै दिवंगत सांसद उत्तरकुमार वलीकी धर्मपत्नी बिमला वली चुनाव लड्दै छिन् ।

SPONSORED

दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता 5

२०७५ साल माघ १६ गते घोराही लमही सडक खण्डको चिसापानीमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचारका क्रममा राजधानीमा निधन भएको थियो ।