नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे

नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे 1
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आउनुभएको छ ।

नेकपा दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षणलाई सम्वोधन गर्न उहाँ दाङ आउनुभएको हो ।
नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे 2
पार्टी एकतापछि एकीकृत पार्टीको प्रशिक्षणलाइ सम्वोधन गर्न उहाँ पहिलोपटक दाङ आउनुभएको हो ।

उहाँले बुधवार ११ बजे तुलसीपुरको दोधरेस्थित तुलसीपुर उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभाहलमा आयोजित प्रशिक्षणलाई सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।

SPONSORED

नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे 3

त्यसअघि विहान ८ बजे उहाँ सिटी प्लाजामा प्रेस संगठनले दाङले गर्ने पत्रकार भेटघाटमा सहभागी हुनुहुनेछ ।
नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे 4
लगत्तै सिटीप्लाजामै दाङ उद्योग वाणिज्य संघले स्वागत गर्नेछ भने उहाँले सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको निरीक्षण गर्नुहुनेछ ।

SPONSORED

नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे 5

त्यसपछि नेकपाका केन्दीय सदस्य भागवत विश्वासमा घरमा पुगेर समवेदना प्रकट गर्ने र तुलसीपुर जाने कार्यक्रम रहेको नेकपा दाङले जनाएको छ ।

SPONSORED

नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे 6