कार्तीक २० गते प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापा दाङ आउदै

कार्तीक २० गते प्रचण्ड र राप्रपा अध्यक्ष  कमल थापा दाङ आउदै 1

घोराहि, कार्तीक १७ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यही कात्र्तिक २० गते राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउँदै छन् । आगामी मंसीर १४ गते हुने निर्वाचनका लागि राप्रपा दाङले कार्तिक २० गते तुलसीपुरमा चुनावी घोषणा कार्यक्रम राखेको छ । घोषणा सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष थापा दाङ आउन लागेको राप्रपा जिल्ला उपाध्यक्ष भुपाल रावतले जानकारी दिएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष थापा, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, बरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, राप्रपा केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्रपा ५ नं. प्रदेशका अध्यक्ष एवं युवा नेता प्रदिपकुमार उदयलगायतका नेताहरु दाङ आउन लागेको जानकारी राप्रपा केन्द्रीय सदस्य ऋषिराज देवकोटाले दिएका छन् । दाङ जिल्ला क्षेत्र नं. ३ ख मा प्रदेश सभा र घोराही उपमहानगर पालिका वडा नं. १६मा वडाअध्यक्षको लागि निर्वाचन हुँदैछ । राप्रपाले प्रदेशसभासदस्यकोलागि भुपाल रावतलाई र घोराही उपमहानगरपालिका वडा न १६को बडा अध्यक्षको लागि प्रकाश केसिलाई उम्मेदवारिकोलागि प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा सिफारिस गरि पठाएको जानकारि जिल्ला सदस्य बंशिकुमार शर्माले दिएका छन्

SPONSORED

कार्तीक २० गते प्रचण्ड र राप्रपा अध्यक्ष  कमल थापा दाङ आउदै 2

चुनावी घोषणा सभामा देशको समसामायिक विषयमा राप्रपा पार्टीका अध्यक्ष तथा वरिष्ठ नेताहरुका बिचार सुन्नको लागि पार्टीका नेता तथा कार्यकर्ता र दङ्गाली जनताहरुलाई उपस्थितिको लागि राप्रपा जिल्ला कार्यसमिति दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतले आह्वान गरेका छन् । यसैबिच नेकपाका अध्यक्ष प्रचण्ड पनि कार्तिक २० गतेे दाङ आउने भएका छन । प्रचण्ड कार्यकर्ता प्रशिक्षणलाई सम्बोध गर्न  आउन लागेका हुन ।

SPONSORED

कार्तीक २० गते प्रचण्ड र राप्रपा अध्यक्ष  कमल थापा दाङ आउदै 3

SPONSORED

कार्तीक २० गते प्रचण्ड र राप्रपा अध्यक्ष  कमल थापा दाङ आउदै 4