छठ पर्बमा दिए मुख्यमन्त्री पोख्रेलले शुभकामना शन्देश

छठ पर्बमा दिए मुख्यमन्त्री पोख्रेलले शुभकामना शन्देश 1

नेपाल सांस्कृतिक विविधताले रंगीएको मुलुक भएको भन्दै मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि भएको बताइएको छ । ‘समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भातृत्व र मेलमिलापको वातावरण बनाइरहेका छन् । कुनै समुदाय विशेषले मनाउने पर्व अहिले सबै नेपालीका साझा बन्दै गएका छन्’, शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्व पनि कुनै क्षेत्र र समुदाय विशेषको नभएर सबैको साझा बन्न पुग्नु हाम्रा लागि सुखद विषय हो ।’

संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास सूर्यमा आधारित रहेको भन्दै शुभकामना सन्देशमा सूर्यको प्रकाश विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व नहुने बताइएको छ । ‘सांस्कृतिक र धार्मिक विश्वासले सूर्यको आराधना र उपासना गर्नु बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘ छठ पर्वले मान्छेले प्रकृतिप्रति गर्दै आएको श्रद्धा र स्नेह उजागर गर्दै आएको छ । प्रकृतिलाई श्रद्धा र स्नेह गरी अघि बढ्न सक्दा मात्रै मानव जाति सहित सबै जीवजन्तु र प्राणीको संसारमा अतित्व रहन सक्छ ।’

SPONSORED

छठ पर्बमा दिए मुख्यमन्त्री पोख्रेलले शुभकामना शन्देश 3

ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी भएपछि यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेको भन्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभएको छ, ‘संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिक विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा निर्वाचनमार्फत् राजनैतिक नेतृत्व स्थापित भएपछि संघीयताको राजनीतिक आधारशीला खडा भएको छ ।’

SPONSORED

छठ पर्बमा दिए मुख्यमन्त्री पोख्रेलले शुभकामना शन्देश 4

प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन तीब्र गतिमा भइरहेको भन्दै मुख्यमन्त्रीको शुभकामना सन्देशमा मुलुकबाट अब छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा मुलुक अघि बढिरहेको बताइएको छ ।

SPONSORED

छठ पर्बमा दिए मुख्यमन्त्री पोख्रेलले शुभकामना शन्देश 5

हामी प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको भन्दै मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं’, मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, छठ पर्वको अवसरमा पुनः सबैमा हार्दिक शुमकामना ।’