तरुण दल दाङले बृद्धबृद्धाहरुसंग आफ्नो ६६ औँ स्थापना दिवस मनायो, बृद्धबृद्धालाई खाद्यान्न पनि सहयोग

तरुण दल दाङले बृद्धबृद्धाहरुसंग आफ्नो ६६ औँ स्थापना दिवस मनायो, बृद्धबृद्धालाई खाद्यान्न पनि सहयोग 1

लोकतन्त्रको संरक्षण र प्रर्बद्धनको जिम्मेवारी तरुण युवाको काँधमा

घोराही, १० कार्तिक । लोकतन्त्रको संरक्षण र प्रर्बदनका लागि तरुण युवा सक्रिय रुपमा लाग्नुपर्ने आइतवार दाङको घोराहीमा आयोजीत कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६६औँ स्थापना दिवसको अवसरमा दाङमा आयोजना गरीएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको ईतिहासका पानामा युवा तरुणले खेलेको सकारात्मक भूमिकालाई स्वर्णीम अक्षरमा लखेको स्मरण गरे । प्रजातन्त्रको रक्षा र समूदायमा उर्जासील युवा तरुणले खेल्न सक्ने भूमिकालाई द्धष्टीगत गरी बिपी कोईरालाले तरुण दल गठन गर्ने सोच बनाउनुभएको जानकारी उक्त अबसरमा गराएको थियो ।

नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षता एबम नेपाली काग्रेस दाङका पूर्ब सभापति बिरकेश्वरी गौतमको प्रमुख आतिथ्य एबम नेपाली काग्रेस क्षेत्र नम्वर २ का सभापति भूपबहादुर डाँगीको बिशिष्ट आतिथ्यमा अन्तरक्रिया भएको हो ।त्यसअवसरमा नेपाली काग्रेस महाधिबेसन प्रतिनिधिहरु चेतबहादुर शेपाईली र तुलसीराम राना,नेपाल महिला संघका अध्यक्ष गोमा रावत, नेपाली काग्रेस दाङका सदस्य निर्मल न्यौपाने,नेपाली काग्रेस दाङ क्षेत्र नम्वर २ का सभापति भगतसिंह भण्डारी,सचिब बद्धि खड्का,नेबि संघका जिल्ला सदस्य राजीव पछाई लगायतले बोल्नुभएको थियो । तरुण दल दाङका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले स्वागत मन्तब्य,क्षेत्र नम्वर २ का अध्यक्ष नारायण जिएमले धन्यबाद ज्ञापन र सञ्चालन जिल्ला सचिब धु्रब आचार्यले गर्नुभएको थियो ।
स्थापना दिवसकै अवसर पारि नेपाल तरुण दल दाङले घोराही स्थीत तरौटेमा ५ क्विन्टल चामल,१० लिटर तेल,१० किलो दाल र बिष्कुट लगायतका अन्य खानेकुरा बितरण गरीएको छ । उक्त बृद्ध आश्रममा १५ जना बृद्धबृद्धा बस्दै आउनुभएको छ ।

SPONSORED

तरुण दल दाङले बृद्धबृद्धाहरुसंग आफ्नो ६६ औँ स्थापना दिवस मनायो, बृद्धबृद्धालाई खाद्यान्न पनि सहयोग 2

२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का हुनुहुन्थ्यो ।
त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो ।
यद्यपि, विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको हो ।
२०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल जितजंग बस्नेत अध्यक्ष हुनुहुन्छ । तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न भएको थियो ।

SPONSORED

तरुण दल दाङले बृद्धबृद्धाहरुसंग आफ्नो ६६ औँ स्थापना दिवस मनायो, बृद्धबृद्धालाई खाद्यान्न पनि सहयोग 3

SPONSORED

तरुण दल दाङले बृद्धबृद्धाहरुसंग आफ्नो ६६ औँ स्थापना दिवस मनायो, बृद्धबृद्धालाई खाद्यान्न पनि सहयोग 4