दाङमा नेपालकै ठूलो थारु संस्कृति संग्राहलय

दाङमा नेपालकै ठूलो थारु संस्कृति संग्राहलय 1

दाङ-दाङको दङ्गीशरण गाउँपालिका स्थित चखौरामा नेपालकै ठूलो थारु सङग्राहलय निर्माण गरिएको छ।

तिन वर्ष भित्र नेपालका सबै थारुहरुको परम्परागत घर, गरगहना सहित उनीहरुसँग जोडिएका सबै सामग्री राखेर थारु भूमीमा थारु सँग्राहलय स्थापना गर्ने लक्ष्य सहित काम भैरहेको यस्को नेतृत्व गरिरहेका प्रदेश सांसद डिल्ली चौधरीले बताए।

SPONSORED

दाङमा नेपालकै ठूलो थारु संस्कृति संग्राहलय 2

थारु समुदायको शिक्षाका लागी काम गरिरहेको बेस सँस्थाले निर्माण सुरु गरेकै स्थानमा प्रदेश सरकारले यस वर्ष ६५ लाख र आगामी आर्थिक वर्षका लागी करिब १ करोड ५० लाख रुपियाँ छुट्टाएको सांसद चौधरीले बताए।

SPONSORED

दाङमा नेपालकै ठूलो थारु संस्कृति संग्राहलय 3

थारु समुदायसँग जोडिएका प्रथा झल्कने गरि विभिन्न व्यक्तिका शालिक निर्माण गरि उनीहरुका अगाडी थारु राज्यका नक्सा समेत निर्माण हुदैछ। ५ विगाहा क्षेत्रफललाई थारुमय बनाउन ललितकला क्याम्पसका विद्यार्थीहरुले चित्र तथा शालिक बनाइरेका छन्।

SPONSORED

दाङमा नेपालकै ठूलो थारु संस्कृति संग्राहलय 4

दाङको ईतिहास देखाउन पाँच पाण्डव र दङगीशरणको सम्बन्ध, नेपालका थारुको जानकारी दिन ७१ किसिमका घर लगायतका संरचना निर्माण गरिदै छ ।यस्का लागी थारु सँस्कृति विज्ञहरुले निर्देशकका रुपमा काम गरिरहेको चौधरीले बताए।