दाङ- बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले दुई घण्डा चक्काजाम गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ लुहाडबरामा बसले दिउँसो २ बजे ठक्कर दिएको थियो।

भाले मरेपछि स्थानीयहरु क्षतिपूर्तिको माग गर्दै सडकमा उत्रिउका थिए भने उनीहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध समेत गरेका थिए।

SPONSORED

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि दुई घण्टा चक्काजाम ! 2

स्थानीय युवा र कुखुराको मालिकको विचमा भएको छलफलपछि बस मालिकसँग भेटेर क्षतिपूर्ति दिलाउने सहमतिमा बाटो खुलेको सुनिल रेग्मीले बताए।

SPONSORED

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि दुई घण्टा चक्काजाम ! 3

`कुखुराको भाले मर्दा २ घण्टा जाममा परियो। कस्तो अचम्म !´उनले भने-`बस भागेपछि क्षतिपूर्ति माग गरिएको रहेछ।´

SPONSORED

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि दुई घण्टा चक्काजाम ! 4