कांग्रेस सरकारले नियुक्त गरेका पदाधीकारी हटाएर सरकारले आफै नियुक्त गरेपछि मात्रै सस्कृत विश्वविद्यालयको सभा सम्पन्न

कांग्रेस सरकारले नियुक्त गरेका पदाधीकारी हटाएर सरकारले आफै नियुक्त गरेपछि मात्रै सस्कृत विश्वविद्यालयको सभा सम्पन्न 1

दुर्गालाल केसी,काठमाण्डौ

७ कार्तिक/ नेपाल संस्कृत विश्वविद्यालय सभाको ७२ औं बैठक बिहिबार प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७६:०७७ को शैक्षिक कार्यक्रम र बजेट पारित गरेको छ ।

SPONSORED

कांग्रेस सरकारले नियुक्त गरेका पदाधीकारी हटाएर सरकारले आफै नियुक्त गरेपछि मात्रै सस्कृत विश्वविद्यालयको सभा सम्पन्न 2

 

SPONSORED

कांग्रेस सरकारले नियुक्त गरेका पदाधीकारी हटाएर सरकारले आफै नियुक्त गरेपछि मात्रै सस्कृत विश्वविद्यालयको सभा सम्पन्न 3

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले बिभिन्न शैक्षिक योजनाहरु र आर्थिक बर्ष २०७६:०७७ का लागि १ अर्ब २१ लाखको अनुमानित बजेट पारित गरेकोे हो ।

SPONSORED

कांग्रेस सरकारले नियुक्त गरेका पदाधीकारी हटाएर सरकारले आफै नियुक्त गरेपछि मात्रै सस्कृत विश्वविद्यालयको सभा सम्पन्न 4

 

सभाले विश्वविद्यालयको ऐन, नियम संशोधनका लागि कूलसचिव माधव अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा शिक्ष्ाँ मन्त्रालयका उच्च शिक्षा महाशाखा हेर्ने सहसचिव, कानून शाखाका उपसचिव, विश्वविद्यालयसभाका सदस्यहरु सहप्राध्यापक लालमणि पाण्डेय, प्राध्यापक काशिनाथ न्यौपाने र सहप्राध्यापक शम्भु गौतम सदस्य तथा विश्वविद्यालयका प्रशासक हिमलाल पन्थी सदस्य सचिव रहेका छन् ।

 

यसैगरी सभामा प्रस्तुत प्रस्तावहरुमाथि आएका सुझावहरु समावेश गर्न कूलसचिव माधव अधिकारीकै संयोजकत्वमा सहप्राध्यापक लालमणि पाण्डेय, प्राध्यापक काशिनाथ न्यौपाने र आयुर्वेद अध्ययन संस्थानका डिन प्रा. डा. सञ्जय पोखरेल सदस्य तथा विश्वविद्यालयका प्रशासक हिमलाल पन्थी सदस्य सचिव रहेको समिति गठन भएको छ ।

 

सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले पुरानो ज्ञानको हस्तान्तरण र नया“ ज्ञानको निर्माण नगर्दासम्म विश्वविद्यालयको औचित्य नहुने बताए । ‘संस्कृतमा ठूलो ज्ञानको भण्डार छ । यो शिक्षालाई उत्पादनस“ग जोडेर काम गर्नुपर्छ,’ उनले भने,‘अब पूर्वको आ“खाबाट पश्चिममा संस्कृतिलाई हेर्ने र त्यही अनुसार अघि बढ्ने काम गर्नुपर्छ ।’ संस्कृत शिक्षा विश्वका अन्य देशमा राम्रोस“ग फैलिरहेको उल्लेख गर्दै उनले जहा“ विकास हुनुपर्ने हो त्यहा“ भने राम्रोस“ग हुन नसकेको गुनाशो गरे ।

 

संस्कृतका परम्परागत ज्ञानलाई विज्ञानको आ“खाले हेर्नुपर्ने आबश्यकता रहेको उनले बताए । ‘संस्कृतमा वास्तु, आयुर्वेद जस्ता महत्वपूर्ण ज्ञाण छन् । यसलाई नया“ढंगले व्यवस्थित गरौं । नया“ पुस्तामाझ संस्कृतप्रतिको आकर्षण बढाउन जरुरी छ,’ उनले भने,‘संस्कृत महत्वपूर्ण ज्ञानको भण्डार भए पनि यसको सदुपयोग हुन सकेको छैन । अब यसको महिमा बचाउने बेला आएको छ ।’

 

विश्वविद्यालयलाई व्यवस्थित गर्न सम्पर्क कार्यालय काठमाण्डौबाट तत्काल हटाउन लगाएको उनले बताए । ‘काठमाण्डौ लामो समय बसेर काम गरेका प्राध्यापक, कर्मचारीलाई बाहिर पठाउनुहोस् । स“धैभरी एकैठाउ“मा थुप्रिने काम अन्त्य गर्नुपर्छ,’ उनले भने,‘सबै क्याम्पसहरुमा आबश्यक प्राध्यापक र कर्मचारीहरु उपलब्ध हुनुपर्छ । कोहीले स“धै सुबिधा पाउने र कोही दुर्गममा बसिरहने हु“दैन ।’ लामो समयदेखि किसानको कब्जामा रहेको विश्वविद्यालयको जग्गा व्यवस्थापनका लािग मन्त्रीपरिषद्बाट कुनै निर्णय गर्नुपर्छ भने पनि तयार रहेको उनले बताए ।

 

संघीय सरकारको शिक्षा नीति अन्तिम चरणमा पुगेको जानकारी दिंदै पोखरेलले शिक्षामा अब महत्व परिवर्तन हुने विचार व्यक्त गरे । ‘शिक्षा क्षेत्रले सायद गणतन्त्र, शक्तिशाली सरकार र ठूलो परिवर्तन पर्खेको थियो । आज त्यो समय आएको छ,’ उनले भने,‘अब उच्च शिक्षा, बिद्यालय शिक्षा र प्राबिधिक शिक्षा सम्बन्धी ऐनहरु पारित गरेर शिक्षामा आमूल परिवर्तन गर्ने तयारीमा छौं ।’ उनल विश्वविद्यालयमा पदाधिकारी नियुक्तीका लागि सार्वजनिक आवेदन आह्वान गरेको जानकारी दिंदै अब क्षमता र योग्यताका आधारमा मात्रै नियुक्त गरिने बताए ।

 

विश्वविद्यालयका उपकुलपति रमेशप्रसाद ढकालले सभामा प्रस्तावहरु प्रस्तुत गर्दै दिर्घकालिन योजनाका साथ संस्कृत शिक्षाको विकास गरिने बताए । विश्वविद्यालयको नाममा देउखुरीमा रहेको १ हजार ३ सय ३६ बिगाहा जमिनको द्वैध स्वामित्व अन्त्य गरी आम्दानी बढाउने काम थाल्न आबश्यक रहेको कुलसचिव माधव अधिकारीले बताए । दाताहरुले दिएको उक्त जग्गाबाट विश्वविद्यालयले आम्दानी पाउन सकेको छैन । किसानहरुले एकतर्फी उपभोग गरिरहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृतको उन्नयनमा विश्वविद्यालयको ध्यान पुग्न आबश्यक रहेको बताए । अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले संस्कृत शिक्षाको विकासमा आबश्यक बजेट विनियोजन भैरहेको बताए ।राष्ट्रियसभा सदस्य अनिता देवकोटाले पाठ्यक्रम समयानुकूल बनाउने र बिद्यार्थी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । प्रतिनिधिसभा सदस्य रेखा शर्माले संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्ने बताइन ।