प्रहरिले दबाबमा ३ दिनमै मिलापत्र गरेर मुद्धा बुझायो, स्थानीय प्रशासनले छाड्यो

प्रहरिले दबाबमा ३ दिनमै मिलापत्र गरेर मुद्धा बुझायो, स्थानीय प्रशासनले छाड्यो 1

प्रहरिमाथी हातपातको मुद्धा आफै दाङ प्रहरिले चलाएन्

दाङ । कैलालीबाट पक्राउ गरेर ल्यायको दाङ प्रहरिले मुद्धा चलाएका बिबेक श्रेष्ठलाई आज तिन दिनपछि मिलापत्र गरेर जिल्ला प्रशासन दाङले छोडेको छ। प्रहरी हातपातको मुद्धा भने दाङ प्रहरिले आफै नै चलाएन् । रजिष्टार आफैले हातपातको मुद्धामा श्रेष्ठ आफैले गल्ति गरेको महसुस गरेकाले प्रहरिमा निबेदन दिएर सहज बाताबरण बनाएका थिए ।

कैलालिको भजनिबाट प्रहरिले लुकिछुपि बसेको अबस्थामा फरार भइरहेका झन्डै २ महिनापछि पक्राउ गरेको थियो । सामान्य घटनामा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरिले जिल्ला प्रसासन दाङले १० दिनको म्याद थप गरेकोमा पक्राउ परेको ३ दिनमा अनुसन्धान पुरा भएको भन्दै जिल्ला प्रशासन दाङमा दाङ प्रहरिले श्रेष्ठलाई पेश गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी रजिष्टार हातपातमा पक्राउ परेका श्रेष्ठलाई ३ दिनपछि प्रसासनमा प्रहरिले पेश गरेको र उनलाई आउदा दिनमा यस्ता गल्ति नदोर्याउने कागज गरेर मिलापत्र गरेर छाडिएको बताए । सिडिओ रिजालले श्रेष्ठलाई पक्राउ गरेर गल्ति गर्ने कसैलाई पनि नछाड्ने भनेर शन्देश दिएको पनि बताए ।

SPONSORED

प्रहरिले दबाबमा ३ दिनमै मिलापत्र गरेर मुद्धा बुझायो, स्थानीय प्रशासनले छाड्यो 2

जिल्ला सरकारी वकिल कार्यालय स्रोत अनुसार जाहेरवाला नै निबेदन दिएर सहज बनाएको र प्रहरिले सत्तारुढ पार्टीको दबाबमा छाडेको र छिटाे छिटाे गरेर प्रहरिले मुद्धा टुङ्ग्याउन खोजेको जनाएको छ । यसअघि पनि दाङ प्रहरिले धर्मप्रचारमा क्रीस्चियनलाई पक्राउ गरेपनि ७ दिनमै अनुसन्धान गरेर अदालत पेस गरेको थियो । तर, प्रहरिले आफुलाइ मन लागेको मुद्धामा दबाबमा परेर यसरि म्याद थप अगाबै प्रसासन र अदालतमा बुझाउदा प्रहरिप्रती बिस्वास घट्दै जाने नागरिकहरुले गुनासो गरेका छन । दाङका एसपि जनक भट्टराईले ३ दिनमै मुद्धा टुङ्गो लगाएर जिल्ला प्रसासनमा मुद्धा पेश गर्न निर्देशन दिएका थिए । अघिल्ला एसपि बेल पाण्डेले श्रेष्ठ विरुद्ध राप्ति स्वास्थ्य प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलमाथी हातपात र डिउटिमा रहेका प्रहरिमाथी हातपात गरेको मुद्धा दर्ता गरेका थिए ।

SPONSORED

प्रहरिले दबाबमा ३ दिनमै मिलापत्र गरेर मुद्धा बुझायो, स्थानीय प्रशासनले छाड्यो 3

तर नया आएका एसपि भट्टराईले प्रहरिमाथीको हातपातको मुद्धा दर्ता भएपनि मुद्धा चलाएन्् । प्रहरि माथी हातपात गर्दा पनि मुद्धा नया एसपिले नचलाएपछि दाङको प्रहरिको मनोबल गिरेको छ । यता प्रसासनले रिहा गरेपछि श्रेष्ठले सत्यको जित भएको दाबी गरेका छन । सर्जन परियार नेतृत्वको अनेरास्वबियुको एक पक्षले रिहा भएका श्रेष्ठलाई खादा, फुल माला लगाएका थिए ।

SPONSORED

प्रहरिले दबाबमा ३ दिनमै मिलापत्र गरेर मुद्धा बुझायो, स्थानीय प्रशासनले छाड्यो 4