राप्रपाले दाङ ३ ख मा जिल्ला उपाध्यक्ष भुपाल रावतलाई सर्वसम्मत उम्मेद्वार टुंगो लगायो

२०७६ आश्विन २२, बुधबार १९:१२ मा प्रकाशित

घोराही, असोज २२ । राप्रपा दाङले आउने उप निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वार टुङ्ग्याएको छ । राप्रपा दाङको हालै बसेको बैठकले दाङमा हुने उप निर्वाचनकाक्रममा दाङ क्षेत्र नम्बर ३ ख वाट भुपाल रावतलाई सर्वसम्मत लडाउने निर्णय गरेको छ । सो निर्णयको जानकारी पार्टिको केन्द्रिय कार्यालयमा पनि पठाइसकेको छ ।

रावत सो पार्टि जिल्ला उपाध्यक्ष हुन् । ब्यावसायिक पृष्ठभुमिका रावत सबैसंग मिलनसार र सहयोगिकारुपमा चिनिन्छन् । यद्यपि, काग्रेस र नेकपाले भने उम्मेद्वारको वारेमा अझै टु्रगो लगाएका छैनन् । दुवै पार्टिमा उम्मेद्वार हुन धेरै इच्छा जाहेर गरेका कारण पनि टुंगो लगाउन सकेका छैनन् ।

SPONSORED

SPONSORED