संविधान सभा सदस्य राजु खनालले दसैँको शुभकामना दिदै भने–जनताले देख्ने गरी विकास हुनुपर्छ’

२०७६ आश्विन २०, सोमबार १६:४६ मा प्रकाशित

काठमान्डौ, असोज २० । संविधान सभा सदस्य राजु खनालले विजया दशमि, शुभ दिपावलि तथा छठको शुभकामना दिनु भएको छ । उहाले दसैँ र तिहारको अवसरमा सबैलाई शुभकामना दिनु भएको हो । खनालले विकास र समृद्धि जनताले अनुभुति गर्ने गरी हुनुपर्ने भन्दै जनताले आखैले देख्ने गरी विकास नभए विकासका कुरा नपत्याउने पनि बताउनु भयो ।

विकास र समृद्धिको पक्षमा आफु निरन्तर लागि परेको भन्दै आफु सांसद हुँदा पनि धेरै योजनाहरु दङ्गालिहरुमाझ ल्याएको पनि उहाले बताउनु भयो । दाङको विकासको पक्षमा आफु सदैव प्रतिवद्ध रहेको भन्दै जननिर्वाचीत जनप्रतिनिधिहरुले आफुले चुनावको वेला गरेको वाँचा पुरा गरेर जनताको मुहारमा खुसि ल्याउनुपर्ने पनि बताउनु भयो ।

SPONSORED

SPONSORED