नेकपा दाङ ३ ख’ को ईञ्चार्जमा कोमल ओली, २ को इञ्चार्जमा लक्ष्मण आचार्य चयन

२०७६ भाद्र २९, आईतवार ०९:२२ मा प्रकाशित

घोराही । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं। ५ को बैठकले दाङका तीन वटा निर्वाचन क्षेत्र र दुई उपमहानगरपालिकाको ईञ्चार्ज र सह–ईञ्चार्जको टुंगो लगाएको छ ।

नेकपा प्रदेशको शनिवार बसेको बैठकले जिम्मेवारी बाँडफँड गरेको सचिब जगप्रसाद शर्मा‘अपार’ले जानकारी दिए । उनका अनुसार तीन वटै प्रदेश निर्वाचन क्षेत्र, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा बाँकी रहेका दुई वटा उपमहानगरपालिकाका ईञ्चार्ज र सह–ईञ्चार्जको टुंगो लगाएको हो ।

SPONSORED

क्षेत्र नं। १ को इञ्चार्जमा न्यौपाने
दाङको प्रतिनिसिभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को इञ्चार्जमा लुमकान्त न्यौपाने ‘सागर’ तोकेको छ । त्यस्तै सो क्षेत्रको सहइञ्चार्जमा सरस्वती गौतम र लेखराज रेग्मी तोकिएको छ । त्यस्तै १ ‘क’मा इञ्चार्ज लुमबहादुर कार्की ‘बद्री’, तथा १ ‘ख’को इञ्चार्जमा रेवतीरमण शर्मा र सहइञ्चार्जमा लीला शर्मा ‘अस्मिता’लाई तोकेको अपारले जानकारी दिए ।

SPONSORED

क्षेत्र नं। २ को इञ्चार्जमा आचार्य
दाङको प्रतिनिसिभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को इञ्चार्जमा लक्ष्मण आचार्यलाई तोकेको छ । त्यस्तै सो क्षेत्रको सहइञ्चार्जमा हरिमान पुन ‘बरुण’ २ ‘क’ इञ्चार्जमा शिवकुमार आचार्य र २ ‘ख’ इञ्चार्जमा तुलसी डाँगी ‘मिलन’लाई तोकिएको छ ।

SPONSORED

क्षेत्र नं। ३ को ईञ्चार्जमा केसी
दाङको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं। ३ को ईञ्चार्जमा टोपेन्द्र केसीलाई तोकिएको छ । त्यस्तै सह–ईञ्चार्जमा भीमबहादुर ओली र शारदा स्वर्णकारलाई तोकिएको प्रदेश सचिब अपारले जानकारी दिए ।

उनका अनुसार ३ को ‘क’ को रामबहादुर दहित र ‘ख’ को ईञ्चार्जमा कोमल ओलीलाई तोकिएको छ ।

तुलसीपुरको ईञ्चार्जमा मिलन , घोराहीमा पोख्रेल
त्यस्तै नेकपा तुलसीपुरको ईञ्चार्जमा रामजी चौधरी‘मिलन’लाई तोकिएको छ । जसको सह–ईञ्चार्जमा गिरीराज केसीलाई तोकिएको छ । त्यस्तै नेकपा घोराही उपमहानगरपालिकाको ईञ्चार्जमा देवी पोख्रेल र सहईञ्चर्जमा भीमकुमारी बाँठालाई तोकिएको छ ।

सल्लाहकार समितिमा डाँगी
नेकपा प्रदेश नम्बर ५ ले सल्लाहकार समितिको अध्यक्षमा अमरबहादुर डाँगीलाई चयन गरेको छ । बैठकले दाङका डाँगीलाई अध्यक्ष र बाँकेका ओमप्रकाश केसीलाई सचिव चयन गरेको हो । त्यस्तै ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा रुपन्देहीका अर्जुन ज्ञवाली र सचिव दाङका मेघबहादुर बिसी चयन भएका छन् ।