घोराहीको रिसेलिङ अनियमीतता काण्डमा पुर्वधार तथा योजना महाशाखा र प्राविधिक सबैलाई कारवाही गर्दै जिम्मेवारी हेरफेर

२०७६ भाद्र २७, शुक्रबार २२:११ मा प्रकाशित

घोराही । दाङका सर्वसाधारण जनताको ब्यापक गुनासोपछि घोराही छानविन समितिले पुर्वाधार शाखा र प्राविधिक शाखाका कर्मचारीहरु भ्रष्ट भएको भन्दै तत्कालै कारवाहीस्वरुप विभागि कारवाही गर्दै जिम्मेवार हेरफेर गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर नरुलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीसहीत सबै वडा अध्यक्षहरु कारवाही गर्न सिफारीस गर्न राजि भएका हुन् । कारवाहीस्वरुप केहीलाई वडामा पठाइएको छ भने केहीलाई जलाशय र विपद महाशाखा हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

नगरपालिकाले इञ्जिनियर रामधन श्रेष्ठलाई जलाशयका योजनाहरु मात्र हेर्ने भनिएको छ । यसअघि उनले घोराहीमा निर्माण हुने सम्पूर्ण पूर्वाधार तथा घर नक्साको डिजाइन आफै हेर्ने गर्दथे र जनताको गुनासो पनि ब्यापकरुपमा आएको थियो । यस अघि प्रशासन हेर्ने सुवोध रेग्मीलाई वडा नं ३ को सचिव बनाएर पठाइएको छ । रेग्मीले लामो समय वातावरण, वालवालिका, गैर सरकारी सस्था तथा समग्र प्रशासन तर्फका जिम्मेवारीमा थिए ।
यस अघि पुर्वाधार योजना शाखाको महत्वपूर्ण जिम्मेवारीमा रहेका विरबहादुर वलीलाई विपद् व्यवस्थापन मात्र हेर्ने जिम्मेवारी दिइएको छ । उपमहानगरमा योजना तथा प्रशासन शाखामा एउटै व्यक्तिको लामो समय रहदा पनि उपमहानगरको काम कारवाही अघि बढ्न नसकेको आम सर्वसाधारणको बुझाई छ । ।

SPONSORED

त्यसैगरी सुपरभाइजर तिलक केसीलाई वडा नं ७ मा काम गर्ने गरी पठाइएको छ । इञ्जिनियर मधु खतिवडालाई पनि ५ नं वडा हेर्ने जिम्मेवारी दिइएको छ ।

SPONSORED

उपमहानगरले नयाँ नियुक्त भएका इञ्जिनियर र सव इञ्जिनियरहरुलाई उनीहरुले यस अघि सम्हाल्दै आएका कामहरुको जिम्मेवारी दिइएको छ ।

SPONSORED