विभागिय आवश्यक्ता भन्दै आइजिपिले दाङका एसपि पाण्डेलाई सिधै सिआइविमा ल्याए

विभागिय आवश्यक्ता भन्दै आइजिपिले दाङका एसपि पाण्डेलाई सिधै सिआइविमा ल्याए 1

घोराही, भदौ २४ । जिल्ला प्रहरी कार्यालय दाङवाट दुइ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा सरूवा भएका एसपी बेलबहादुर पाण्डेको केन्द्रीय अनुसन्धान बिभाग (सिआइविमा) मा काज सरूवा भएको छ । प्रहरी महानिरीक्षक ्(आइजी) सर्वेन्द्र खनालले बिभागिय आवश्यकता अनुसार आइतबार र सोमबार तीन एसपीको काज सरुवा गरेका हुन् ।

पाण्डेको धनुषा सरुवा भएपनि उनि त्यहा नगई सिधै सिआइविमा काज सरुवा भएर गएका हुन् । पाण्डेको नौ महीना नपुग्दै सरुवा भएको थियो । जिल्लामा सफल एसपिकारुपमा पाण्डेलाई चिनिन्छ । कानुनका बिज्ञको रुपमा परिचित पाण्डेको सरुवासंगै सिआइबीमा एसपीको संख्या तीन पुगेको छ। अहिले एसपीद्वय दिपक रेग्मी र आभुषण तिम्सिना पनि सिआइबीमा कार्यरत छन् ।त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि एसपीको संख्या थप गरिएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङ दरबन्दी भइ प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी जिवनकुमार श्रेष्ठलाई ट्राफिक महाशाखा पठाइएको छ । महाशाखामा बढ्दै गरेको कार्यबोझलाई मध्यनजर गर्दै एसपीको संख्या बढाइएको आइजी सचिवालय स्रोतले जानकारी दिएको छ । महाशाखामा अहिले एसपी रविकुमार पौडेल कार्यरत छन् ।

SPONSORED

विभागिय आवश्यक्ता भन्दै आइजिपिले दाङका एसपि पाण्डेलाई सिधै सिआइविमा ल्याए 2

त्यस्तै अघिल्लो सरुवामा गुल्मीको प्रहरी प्रमुखबाट सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल सरुवा गरिएका एसपी दिपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान बिभागमा काज सरुवा भएको छ ।

SPONSORED

विभागिय आवश्यक्ता भन्दै आइजिपिले दाङका एसपि पाण्डेलाई सिधै सिआइविमा ल्याए 3

SPONSORED

विभागिय आवश्यक्ता भन्दै आइजिपिले दाङका एसपि पाण्डेलाई सिधै सिआइविमा ल्याए 4