१८ करोड बैँक हिना मिना प्रकरणमा बैँकका थप २ जना कर्मचारी पक्राउ, प्रहरीले नाम खुलाएन्

२०७६ भाद्र २४, मंगलवार १७:५६ मा प्रकाशित

घोराही,भदौ २४ । तत्कालिन वेयष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा अनुसन्धानका लागि थप दुई जना बैँकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि विनोद विक्रम शाहले बैँक कार्यालयवाट कर्मचारी पक्राउ परेको पुुष्ट्रि गरेका छन् । उनले अनुसन्धानका लागि पक्राउ परेको र अनुसन्धानमा सहयोग पु¥याउन सञ्चारमाध्यमलाई आग्रह गरे । शाहले पक्राउ परेका कर्मचारीको नाम भने गोप्य राखीएको बताए । पक्राउ परेकामध्ये तिन जना सोमवार नै छुटिसकेका छन् । बैंकका शाखा प्रमुख सहित १२ जना खातावाल प्रहरी हिरासतमा थिए । जसमा नारायणपुरका उज्वल आचार्य, बसन्त बुढाथोकि र टोपेन्द्र पोख्रेल छुटेका छन् । हिनामिनामा समातिएका नारायणपुरका व्राञ्च म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी खडा गरेर बैंकको रकम अन्य व्यक्तिको खातामा हालिदिने गरेको देखिएको छ। उनका अनुसार नक्कली ऋणी खडा गर्ने र ऋणका लागि भन्दै अन्यका खातामा रकम पठाउने गरिएको छ।

बैंकबाट हिनामिना भएको रकम धेरैजनाको खातामा जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ। यो प्रकरणमा प्रहरीले घोराही–१०, नारायणपुरका बसन्तबहादुर बस्नेत, अर्जुन बस्नेत, झगबहादुर बस्नेत, उज्ज्वल आचार्य, मतकुमार पौडेल, बसन्त बुढाथोकी, कोइलावास स्थायी घर भई हाल घोराहीमा बस्दै आएकी बन्धना गुप्ता, विरेन्द्रकुमार गुप्ता, सक्टुराम गुप्ता, घोराहस–१४ का विजयकुमार गुप्ता र घोराही–१०, नारायणपुरका टोपेन्द्रकुमार पोख्रेललाई नियन्त्रणमा लिएको थियो। आचार्यका वुवा नारायणपुर निवासी नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक लेखनाथ आचार्यलाई पनि वैँक हिनामिना प्रकरणमा प्रहरीले पक्राउ गर्न खोजेपनि फरार रहेको बताएको छ । आचार्यले भने–आफूले सेवा निबृत्त हुदा प्राप्त गरेको १४ लाख रकम वेष्टर्न बैंकको नारायणपुर शाखामा मुद्दति खाता खोलेर जम्मा गरे,तर अहिले त्यसरी खाता खोल्नु नै मलाई अभिशाप बन्न पुगेको छ।

SPONSORED

SPONSORED