हाम्रो कमजोरी भयो ः सिईओ

२०७६ भाद्र २३, सोमबार २२:०१ मा प्रकाशित

तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) खिमबहादुर डिसीले दोधारे प्रतिक्रिया दिनुभएको छ। रकम हिनामिनाको नैतिकरुपमा जिम्मेवारी लिएको बताउने डिसीले लोन रकम बढी रहेको छ भनेर सोधीखोजी गरेनांै तर सबै नक्कली कागजात तयार पारेर बदमासी भएको रहेछ पछि थाहा भयो। पद्धतिमा बसेर काम गर्नुपर्ने हुन्छ तर त्यसो देखिएन’– उहाले भन्नुभयो– ‘नारायणपुरमा शाखा प्रमुख समिर बुढाथोकी र लोन प्रमुख पोषण जैशीको समन्वयबिना ऋण दिने कुरा हुदैन।’ तर दुई लाख रुपैया“भन्दा बढी लोनमा रकम निकाल्दा तत्कालीन बैंकको केन्द्रीय कार्यालय घोराहीले स्वीकृत गर्नुपर्ने नियम थियो। त्यसमा प्रमुख कार्यकारी अधिकृत, लोन शाखाका प्रमुख र लेखा प्रमुखको समितिले आवश्यक छानबिन र प्रक्रिया पूरा गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने नियम थियो। शाखा प्रमुख बुढाथोकीकै गल्ती भएको बताउने सिइओ डिसीले आफ्नो बैंक र प्रहरी अनुसन्धानले देखाउने सजाय दोषीहरुले भोग्ने प्रतिक्रिया दिनुभयो।

SPONSORED