कांग्रेसबाट टिकट मैले पाउछु : जगत खड्का

२०७६ भाद्र २२, आईतवार २२:१२ मा प्रकाशित

तुलसीपुर, २२ भदौ
नेपाली कांग्रेस क्षेत्र ३ का सभापति जगतबहादुर खड्काले टिकट पाए पश्चिम दाङमा जितेर देखाइदिने बताएका छन् । क्षेत्र नं ३(ख)का अधिकांस पार्टी नेता र कार्यकर्ताले रुचाएको बताउदै खड्काले कांग्रेसबाट टिकट पाउने र जित्ने दुबै बलियो सम्भावना बोकेको नेता आफु मात्रै भएको बताए ।
‘पार्टीभित्र टिकटको आकांक्षी बोकेका अन्य नेताहरु पनि छन् ,’ सभापति खड्काले भने–‘ठूलो पार्टीमा इच्छा राख्नु स्वभाविकै पनि हो । राजनीतिमा लागेर सेतै कपाल फुलीसक्यो । आफनो अन्तिम इच्छा पश्च्मि दाङबाट चुनाव लड्ने भएकाले एक पटक पार्टीले टिकट दिएर म माथि न्याय गर्छ म ढुक्क छु ।’

पार्टीले विगतमा पश्चिम दाङमा उपयुक्त उमेदवारको छनौट गर्न नसक्दा पराजय भोग्नु परेको स्मरण गर्दै सभापति खड्काले पार्टीले त्यस्तो गल्ती अब नदोह¥याउने बताए । चुनावको समय नजिकीदै जाँदा पार्टीले आफना गतिविधिलाई तिब्र पारेको बताउदै खड्काले टिकट नपाए पनि अन्र्तघाट नगर्ने बरु सहयोग गर्ने बताए । प्रदेश सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा परी निधन भएपछि निर्वाचन क्षेत्र नं ३(ख) अहिले खाली छ । सरकारले मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

SPONSORED

SPONSORED