घोराही चेम्वरको कार्यालय उद्घाटन

२०७६ भाद्र २२, आईतवार २१:५८ मा प्रकाशित

घोराही, भदौ २२ । घोराही चेम्वर अफ कमर्शको कार्यालयको उद्घाटन गरीएको छ । घोराही १५ स्थित परीवार नियोजन संघ अगाडि रहेको उक्त चेम्वरको कार्यालयको आइतवार एक औपचारीक कार्यक्रमका विच रिवन काटेर नेपाल चेम्वर अफ कमर्शका बरीष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गर्नु भएको हो ।

कार्यालयको उद्घाटन गर्दै मल्लले चेम्वरले नमुनायोग्य काम गरेर सबैको मन जित्न पनि आग्रह गरे । चेम्वर अभियानमा लाग्न सबै ब्यवसायिलाई आग्रह गर्दै दाङ चेम्वर र घोराही चेम्वर विच कुनै विवाद नरहेको उनले स्पष्ट पारे । उनले दाङ चेम्वरले जिल्ला भरीका सम्पुर्ण चेम्वरहरुसंग समन्वय गर्ने भन्दै घोराही चेम्वरले नगरभित्र आफ्ना गतिविधि गर्न पाउने चेम्वरको विधानमा उल्लेख गरीएको बताए । कार्यक्रम घोराही चेम्वरकि अध्यक्ष मञ्जु वज्रचार्यको अध्यक्षता एंव केन्द्रिय बरीष्ठ उपाध्यक्ष मल्लको प्रमुख आतिथ्यतामा भएको थियो भने सञ्चालक महासचिव विमल श्रेष्ठले गरेका थिए ।

SPONSORED

SPONSORED