दाङका राजनितिक दलहरुको एसपि भट्टराइलाई सुझाव ः शान्ति सुरक्षामा सम्झौता नगर्नुहोला

२०७६ भाद्र २२, आईतवार २१:०६ मा प्रकाशित

घोराही, भदौ २२ । दाङका प्रहरी प्रमुख एसपि जनक भट्टराइले सामुहीकरुपमा दाङका विभिन्न राजनितिक दलका प्रमुखहरुसंग परीचयात्मक कार्यक्रम गरेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख भट्टराइले जिल्लाका राजनितिक दलका प्रमुखहरुसंग परीचय गरेका हुन् । परीचयात्मक कार्यक्रममा वोल्ने दलहरुले शान्ति सुरक्षामा कुनै पनि सम्झौता नगर्न नयाँ आएका एसपि भट्टराइलाई सुझाएका छन् । दलका नेताहरुले जिल्लाको शान्ति सुरक्षको विषयमा पछिल्लोपटक टिकाटिप्पणीहरु सुरु भएको भन्दै दोषिलाई कानुन वमोजिम कारवाही गर्न प्रहरी दृढ हुनुपर्ने बताए ।

नेताहरुले जिल्लाको शान्ति सुरक्षा कायम गर्न पार्टिकोतर्फवाट सहयोग गर्न तयार रहेको बताएका थिए । सो अवसरमा एसपि भट्टराईले शान्ति सुरक्षा कायम गर्ने सवालमा आफु प्रतिवद्ध रहेको भन्दै कानुन वमोजिमका गतिविधिमा दलहरुवाट सहयोग पाउने विश्वास ब्यक्त गरे । जिल्लाको शान्ति सुरक्षा कायम गर्न निष्पक्षता र छिटो सुनुवाइलाई कायमै राख्ने उनले बताए । साथै उनले शान्ति सुरक्षा र अपराध अनुसन्धानमा निष्पक्षतालाई महत्व दिदै नागरिक गुनासोलाई छिटोभन्दा छिटो सुनुवाइ गर्ने प्रतिबद्धता जनाए । परीचयात्मक कार्यक्रममा काग्रेस, नेकपा, राप्रपासहीतका जिल्लाका कृयाशिल सबै दलहरुको सहभागिता रहेको थियो ।

SPONSORED

SPONSORED