दाङमा दुई हप्तामा ७ डेंगु संक्रमित फेला

२०७६ भाद्र २०, शुक्रबार १७:४५ मा प्रकाशित

घोराही/दाङमा बितेको दुई हप्तामा ७ जना डेंगु रोगका संक्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकलपर्सन कमल चन्दका अनुसार भदौँ ५ गतेदेखि हिजोसम्म ७ जना डेंगु रोगका संक्रमित फेला परेका हुन् ।

जिल्लाका तीन स्थानीय तहमा सात जना बिरामी फेला परेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै घोराहीमा ३, तुलसीपुरमा २ र बबई गाउँपालिका २ जना बिरामी फेला परेका हुन् ।

SPONSORED

तुलसीपुरका राप्ती लाईफ केयर हस्पीटलमा उपचारका लागि आएका ४, तुल्सी बाल अस्पतालमा १ र घोराहीको दिपज्योति हस्पीटलमा २ जना बिरामीमा डेंगुको संक्रमण फेला परेको चन्दले जानकारी दिनुभएको छ । संक्रमितमध्ये ५ जना उपचारपछि २ जना उपचारका लागि जिल्ला बाहिर गएका छन् ।

SPONSORED

जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोगका फोकलपर्सन चन्दका अनुसार एक जना राजधानी गएका छन् भने अर्का भारतको लखनउ उपचारका लागि गएका छन् । डेंगु रोगका किटाणु भएको उडिएस जातको पोली लामखुट्टेले मानिसलाई टोकेमा यसको संक्रमण देखा पर्ने स्वाथ्यकर्मीहरुले बताएका छन् ।

SPONSORED