संविधानविद भिमार्जुन आचार्यले भने– ‘विदेशीको ॠण र अनुदानमै चारवर्षमै संघीयताको यो हबिगत अरू कतिञ्जेल हामी यसरी चलौला’

२०७६ भाद्र १९, बिहीबार २१:११ मा प्रकाशित

संविधानविद डा. भिमार्जुन आचार्यले भने–‘संघीयता कार्यान्वयनका लागि भनि युरोपियन युनियनमा आवद्ध तीन मुलुकले नेपाललाई ३ अर्ब भन्दा बढी रकम अनुदान दिएको समाचार बाहिर आएको छ । शासन व्यवस्थामा नै लगानी गर्न पाउने मुलुक दाताहरुका लागि शायद दुनियाँमा अर्को नभेटिएला । तर हाम्रो तर्फ बुझ्न नसकिएको कुरा आफ्नो औकात र क्षमताले नभ्याउने व्यवस्थालाई अरुको ॠण र अनुदान मै भएपनि चलाउनै पर्ने वाध्यता के हो ? यसले हाम्रो निर्णय क्षमतालाई कहाँ पुर्याउँछ? शासन व्यवस्था नै अरूको ॠणमा सञ्चालित हुँदा राष्ट्रको स्वाधीनता र स्वायत्तता कहाँ जाला ? ॠण दिने साहुको स्वार्थ हामीले कसरी पुरा गरौला ? चार वर्ष मै यो हबिगत भएपछि अरू कतिञ्जेल हामी यसरी चलौला ?’

SPONSORED