सरकारी डाक्टरहरु निजि क्लिनिक र अस्पतालमा विरामि जाच्नछन्, प्रतिष्ठानमा कामै गर्दैनन्

२०७६ भाद्र १८, बुधबार १८:५२ मा प्रकाशित

घोराही, भदौ १८ । दुई साता अगाडि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानक चिकित्सकहरुले सामुहीक राजिनामा दिए । प्रतिष्ठानले सामुहीक राजिनामा दिएकामध्ये १० जनालाई वर्खास्त गर्यो । प्रतिष्ठानमा कार्यरत चिकित्सकले वाहीर विरामि जाच्न नपाउने प्रतिष्ठानको ऐनमा रहेपनि त्यसको ठाडो उलङ्घन गर्दै मेडिकल अफिसर महेन्द्र यादवले घोराहीको एक निजि ल्यावमा जाच्नका लागि विरामि पठाएपछि विवाद एकाएक चुलिएको थियो । यादवको विषयमा प्रतिष्ठानमा पटक–पटक गुनासो गइरहेको थियो ।

प्रतिष्ठानकि उपकुलपति संगिता भण्डारीले प्रतिष्ठानमा ल्याव हुँदा हुँदै वाहीर विरामिलाई ल्याव टेष्टका लागि पठाउने यादवलाई तत्कालै वर्खास्त गर्दै करार भंग गरीन् । भण्डारीको त्यो एक्सनपछि प्रतिष्ठानले हटाएको मेडिकल अफीसरको पक्षमा त्यहा कार्यरत सरकारी र प्रतिष्ठानका गरेर २५ जनाले सामुहीक राजिनामा दिए । राजिनामा दिएकामध्ये केही सरकारी छात्रबृत्तिका ५ जना काममा फर्किए । केही मेडिकल अफीसरहरु काममा फकिएनन् । लामो समय आन्दोलनका नाममा विरामि नजाचेपछि राजिनामा दिएका चिकित्सकहरुको आलोचना हुन थालेको छ । चिकित्सकको आचांरसहीता र प्र्रतिष्ठानलाई असहयोग गर्ने गरी एकाएक राजिनामा दिनुले असहयोगको निति स्पष्ट भएको छ । अहिले राजिनामा दिएका केही डाक्टरहरु न त काममा फर्किएका छन् । राजिनामा दिएका चिकित्सकहरु अहिले घोराहीकै निजि क्लिनिक र अस्पतालमा विरामि जाच्न थालेका छन् ।

SPONSORED

SPONSORED